अध्यक्षमा पुनः खड्का निर्बिरोध चयन

Posted on: 27 Sep, 2016


प्रकाश बम/असोज ११, डोटी । होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघको अध्यक्षमा पुनः दिपकवहादुर खड्का निर्बिरोध चयन भएका छन् ।

सोमवार दिपायलमा पिपल्लामा सम्पन्न तेस्रो अधिवेशन तथा ११ औं वार्षिक साधारणसभाबाट खड्का अध्यक्षमा चयन भएका हुन । अधिवेशनले बरिष्ठ उपाध्यक्षमा लोकवहादुर खड्का र उपाध्यक्षमा लोकराज जोशीलाई चयन गरेको जनाएको छ ।

यस्तै महासचिवमा राजेन्द्र वहादुर शाही चयन भएका छन् भने सचिवमा केशववहादुर बोहरा, कोषाध्यक्षमा शिद्धराज जोशी र सहकोषाध्यक्षमा ईन्द्रादेवी साउँद चयन भएका छन् । त्यस्तै सदस्यहरुमा नन्दन सिं कार्की, लालवहादुर मन्नी, जगदिश खड्का र दिलवहादुर रोकाया, रामबाबु यादव, खेम बोगटी, पुजा रावल, रमेश भण्डारी र लक्ष्मण बिष्ट चयन भएको होटल व्यवसायी संघका अध्यक्ष खड्का बताए ।

 

अधिवेशनले तेजवहादुर डुम्रेल, खेम भण्डारी र मोहन पातलीलाई संघको सल्लाहकार पदमा चयन गरेको जनाएको छ ।

खड्का दिपायलमा रहेको होटल यात्री प्लाजाका सञ्चालक तथा यस क्षेत्रको पर्यटन बिकासका लागि उनको निकै सक्रिय भुमिका समेत रहेको छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!