त्यसपछि बर्दियाको तारातालैमा के भो ?

Posted on: 01 Oct, 2016

प्रभात सुवेदी । असोज १५, बर्दिया
जब उनी बर्दियाको तारातालमा पुगे त्यसपछि उनले तिनको हात समातेर केही अनुरोध गरेपछि उनले अस्वीकृति गरिन् तरपनि खै के भो ताराताले ठिटोको मोहनीमा फँसेपछि दुबैजना उतैबाट लापत्ता भएका छन् ।
त्यतिमात्रै हैन उतैबाट बर्दियाको नवनिर्मित नेपालको सबैभन्दा लामो सडक पुल कोठियाघाट तरेर राजापुर पुगेर मनभित्रको खुल्दुली मेटाउन मनभित्रको डिलमा पैह«ो चलेपछि उनिहरुले संयमित भएर मनको पहिरोलाई सम्हालेका छन् । उतैबाट कैलालीको टिकापुर पार्कमा पुगेर मनको प्यास मेटि बर्दियाको खैरापुर स्थित कृष्णसारमा त्यसको थकाइ मारेका छन् उनले ।
यो कुनै कथा वा कहानी नभएर बागेश्वरी म्युजिक प्रा.लि. काठमाडौले बजारमा ल्याएको बर्दियाली श्रष्टा रामप्रसाद लामिछाने (रामुदाइ) को पर्यटकीय लोक गीत “बर्दियाको तारातालैमा” को सन्दर्भ हो । हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडादशैँ तथा दिपावलीको संघारमा नै आज यो गीतको सार्वजनिक गरिएको हो ।


बर्दियाको बबई नगरपालिका –२, मा सञ्चालन गरिएको रेडियो टाइगर एफएमको औपचारिक प्रसारणको आरम्भ गरिएको कार्यक्रममा न्युनतम पारिश्रमिक निर्धारण समिति तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सल्लाहकार पोषण के.सी. ले लोकार्पण गर्नुभएको हो । कार्यक्रममा वहाँले गाउनुभएको गीतको अंश प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा श्रष्टा रामप्रसाद लामिछानेको सांगितीक सफलताको कामना गरिएको थियो । बर्दियाका विभिन्न पर्यटकिय एवम् धार्मिक स्थलहरुको चर्चा समेटिएकोले यस गीतले पर्यटन प्रवद्र्धन गर्ने वागेश्वरी म्युजिक प्रा.लि. का निर्देशक एवम् गायक कमल वि.सी. माल्दाईले बताउनुभायो ।
गीत सुन्न तथा डाउनलोडको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
http://www.devchuli.net/2016/09/bardiyako-tara-talaima-by-purnakala-bc.html#ixzz4LkVdTha8

यस बिषयमा तपाइको प्रतिक्रिया...!