गोहीको छालासहित पक्राउ

Posted on: 19 Oct, 2016

सास । कार्तिक३, बर्दिया ।

दुई थान गोहीको छाला र एक थान टाउकाको हड्डी सहित एक व्यक्ति पक्राउ परेका छन् ।

बाँसगढी नगरपालिका वडा नं. ११ बस्ने वर्ष ४९का मुन्नालाल दमाईलाई लक्ष्मणा चोकमा सिमेन्टको बोराले बेरेर बोकी हिडिरहेको अवस्थामा आज चार बजेतिर केन्द्रिय अनुसन्धाान ब्युरो र अस्थायी प्रहरी पोस्ट लक्ष्मणाको प्रहरी टोलीले पक्राउ गरेको हो ।


तस्बीर : फाइल फोटाे ।

निजलाई आजै आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय गुलरिया बुझाईएको प्रहरी प्रवक्ता एवम् नायब उपरीक्षक नेत्रमणी गिरीले बताउनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!