नवलपरासीमा हुने प्रथम देवचुली महोत्सवको अन्तिम तयारी यसरी हुँदैछ (फोटो फिचर)

Posted on: 08 Nov, 2016

गोपिकृष्ण चापागाई । कार्तिक २३, नवलपरासी । नवलपरासीको कावासोतीमा यहि कार्तिक २५ गते देखि मंसिर ४ गतेसम्म हुन गईरहेको प्रथम देवचुली महोत्सवको अन्तिम तयारी भइरहेको छ । मध्यनेपाल कै पहिलो टेलिभिजन देवचुली टेलिभिजनको आठौं बार्षिकोत्सवको अवसरमा हुन गइरहेको प्रथम देवचुली महोत्सवमा १७५ स्टल बुकिङ भइसकेको स्टल ब्यवस्थापक लाल प्रसाद बरालले जानकारी दिए । साथै यसपटकको महोत्सवमा अन्य महोत्सवमा भन्दा केहि फरक प्रस्तुतीहरु पनि रहने बरालले जानकारी दिए ।


प्रथम देवचुली महोत्सव एक साँस्कृतिक महोत्सव भएको र नवलपुर क्षेत्रमा छरिएर रहेका सम्पुर्ण भेषभुषालाई मिलाउने जमर्को गरेको बताइएको छ । 

आदिबासी जनजाति उप समितिको नेतृत्वमा कार्यक्रमको प्रमुख आर्कषण स्टेजको दाया बायाँ मगर र तामाङ्को स्थानीय घरहरु निर्माण गरिएका छन । वाल उद्यानका खेलहरुहरुको निमार्ण कार्य करिब सकिएको छ । सवारी साधन पार्किङ्गको लागि आवश्यक क्षेत्र निर्माण गरिएको छ । मेलामा कृषि प्रदर्शनी, खाना महोत्सव, उद्योग व्यापारको स्टल प्रदर्शनी, मौलिक कला समूहलाई बाजागाजा हस्तान्तरण, जातिय मौलिक झांकी, लोपोन्मूख मौलिक नाँचहरुको प्रदर्शन हुने बताइएको छ  ।

मानविय  ब्यवहार देखाउने ऊँट

प्रथम देवचुली महोत्सवको फरक प्रदर्शनको  रुपमा मानविय ब्यवहार देखाउने ऊँट रहेको छ । मानिसले गर्ने जस्तो क्रियाकलाप गर्ने, नाँच्ने, पकाएको चिया दिने र मानिसले भनेको धेरै कुरा गर्ने ऊँट यसपालीको बिशेष प्रदर्शनको  रुपमा रहेको बताइएको छ । 

प्रथम देवचुली महोत्सव २०७३को यतिखेरको महोत्सव स्थलको अन्तिम तयारीका केहि तस्बिरहरु हेरौं ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!