अचानक बिस्ताराबाटै हराएपछि (हेर्नुहोस भिडियो)

Posted on: 11 Nov, 2016

प्रभात सुवेदी । कार्तिक २६, बर्दिया ।

माया गाँसेर सँगै बस्ने रहर कुन जोडीलाई नहोला र ? सबै प्रेमजोडीहरु सँगसँगै बसेर सँगै जीवन यापन गरी सुख–दुःख साटासाट गर्दै उकाली र ओराली गर्ने चाहाना हुँदाहुँदै पनि सँगै सुतिरहेको अवस्थामा एकाएक टाढा भएपछि फूल वइलिएजस्तो, वादल रोएजस्तो र जीवन नै गलेजस्तो हुने रहेछ ।

अभियनको दृश्य .... ...।

यो अवस्था भोग्दैछिन् पछिल्लो समयमा भर्साटायल सिङगरका रुपमा देखा परेकी बर्दियाली गायिका अनिता चलाउनेले ।

मालदिभ्सको मनमाेहक दृश्यमा लिप्सिङ्ग गर्दै अनिता चलाउने ..।

उनको हालै मात्र टाढा टाढा नजाउ तिमी माया लाएपछि बोलको गीत सङ्ग्स नेपालको युट्युव च्यानलमार्फत बजारमा आएको छ । गीतमा कृष्णराम महर्जनको शब्द, निराजन महर्जनको संगीत र बुद्ध सायमीको संगीत संयोजन रहेको छ ।

अभियनयको दृश्य ....।।

तीजको विशेष कार्यक्रम प्रस्तुतीका क्रममा बाँके बर्दिया राइजिङ स्टार क्लबले मालदिभ्समा आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएको मौका छोपेर मालदिभ्सको मनमोहक दृश्यहरु समेटेर छायाङ्कन गरीएको यो गीतको भिडियोमा राजेन्द्र बजगाईको क्यामेरा र प्रसान्त थापाको निर्देशन रहेको छ भने सन्तोष मगर र अस्मी वि.सी. को सुन्दर अभिनय रहेको छ ।

बर्दियाको एक कार्यक्रममा गित प्रस्तुत गर्दै अनिता चलाउने ।

(गीतको भिडीयो हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्)



यस बिषयमा तपाइको प्रतिक्रिया...!