नेपाल–भारत सुरक्षा निकायको बैठक सम्पन्न (फोटो फिचर सहित)

Posted on: 11 Nov, 2016

नरी बडु, कात्र्तिक २६ बैतडी ।

नेपाल र भारतका सुरक्षा निकायहरुबिचको बैठक भारतको झुलाघाटमा सम्पन्न् भएको छ ।

सिमा सुरक्षा र दुई देशको सिमामा हुने अपराधिक गतिविधिहरुलाई निरुत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको बैठक शुक्रबार सम्पन्न भएको हो ।


बैठकमा नेपालको तर्फबाट बैतडीका प्रहरी प्रमुख (डिएसपि) बालनरसिह राणाको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवर लगायतको टोलि थियो भने भारतको तर्फबाट एसएसबि बिजय सिङ नेतृत्व टोलि थियो ।


बैठकमा नेपाल भारतको सिमा क्षेत्रमा हुने अपराध नियन्त्रण, गैर कानुनी धन्दा, तस्करी र मानव बेचविखन नियन्त्रण लगायतका बारेमा छलफल भएको नेपालको तर्फबाट प्रतिनिधित्व गरेका जिल्ला प्रहरी प्रमुख (डिएसपि) बालनरसिह राणाले बताए ।


पछिल्लो समय गरिएको सिमा सुरक्षा कडाईका कारण नेपालबाट भारत तस्कर, अपराधिक समुह सजक भएका छन् । यस क्षेत्रको नेपाल भारत मुख्य सिमानाका जुलाघाटमा सुरक्षार्थ प्रहरीलाई चनाखो भई काम गर्न समेत डिएसपि राणाले निर्देशन दिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!