अछाममा सरकारी कार्यालयमा भईरहेको कामको बारेमा मुंल्याकन

Posted on: 12 Nov, 2016

कमल रावल/कात्तिक २७, अछाम । सामान्य प्रशासन मन्त्रालयका सह सचिव मुकुन्द प्रसाद निरौँलाले अछाममा सरकारी कार्यालयमा भईरहेको कामको बारेमा जानकारी लिनु भएको छ । 

प्रशासन मन्त्रालयद्धारा अछाममा कर्मचारीहरुको कार्य सम्पादन र मुल्याकन सम्बन्धी गोष्ठिमा सबै कार्यालय प्रमुख बाट हुने कार्य सम्पादनको बारेमा जानकारी लिनु भएको हो । अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सैनाको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले जो कोहीले पनी कर्मचारीले गर्ने कामको ठिक तरिकाले मुल्यांकन गर्नुपर्नेमा जोड दिएका थिए । 

निजामति कर्मचारीले तोकिएको जिम्मेवारी ईमान्दारिता पुर्वक सम्पादन गर्न सके मात्र त्यसको मुल्याकन राम्रो हुने बताउनु भयो । जुन सुकै कर्मचारीले पनी कर्तव्य पालन गर्नु पर्ने बताउदै निरौँलाले नागरिकलाई सहज, सरल रुपमा सेवा दिनका लागि कर्मचारी प्रतिबद्ध हुनु पर्ने बताएका थिए । 

आगामि दिनमा सरकारी कार्यालयको काम कारबाही राम्रो र प्रभावकारी बनाउनका लागि केहि नयाँ मापहरु मन्त्रालयले समेत तयार पार्न लागेको जानकारी गराउनु भएको थियो । 

कार्यक्रममा सहभागि जिल्ला स्थित सबै कार्यालयका प्रमुखहरुले आफनो कार्यलयबाट भईरहेका कामहरुको बारेमा जानकारी गराएका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सैनाले बताउनु भयो । सामान्य प्रशासन मन्त्रालयका सह सचिव मुकुन्द प्रसाद निरौँलाले आज शुनिबार सुर्खेत जिल्लाका सरकारी कार्यालयमा भईरहेको काम कारबाहीको बारेमा जानकारी लिने बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!