साझा सबाल समाचार प्रभाव : आहा ! चिटिक्क

Posted on: 21 Nov, 2016

सास । मंसिर ६, बर्दिया ।

शनिबार मनाइएको विश्व चर्पी दिवसमा जिल्ला खानेपानी कार्यालयको कम्पाउण्डमा तरकारीका झालहरुले छोपिएका सचेतनामूलक सामग्रीहरु छोपिएपछि सम्बन्धित निकाय अाफ्नै कार्यालयको सरसफाईमा मौन रहेर अरुलाई सरसफाई गर्न र चर्पी सफा राख्न विश्व चर्पी दिवस मनाउन गरेको आह्वानको औचित्य नभएको समाचार साझा सबाल अनलाईनको बर्दिया संस्करण र आइतबारको भावना राष्ट्रिय दैनिकमा प्रकाशित भएपछि दिबालमा रहेका तरकारीका झालहरु हटाएर सफा र चिटिक्क बनाइएको छ ।

सफाई भएपछिको दृश्य ....

बर्दिया जिल्ला खुला दिसामुक्त जिल्ला घोषणा भइसेकतापनि अब पूर्ण सरसफाई जिल्ला घोषणाको कार्यक्रम भने निकै चुनौतीपूर्ण रहेको छ । यत्रतत्र बाटोघाटोमा फालिने प्लास्किटकहरु र घरबाट निस्केका फोहरहरुको यथोचित व्यवस्थापन नहुँदा सुन्दर नगरी गुलरिया कुरुप बन्दै गएकोमा सरोकारवाहरुको चिन्ता छ । अबका दिनमा डिवाससिसिले नगर सफा राख्नका लागि तदनुरुपका कार्यक्रमहरु ल्याएर प्लास्टिकमुक्त नगर घोषणा गर्न पहल गर्ने हो कि ?

सफाई गर्नु अघिको दृश्य ..... 

साझा सबाल मिडिया (प्रा.) लि ले विगत तीन बर्षदेखि मुख्य होम पेज र ७५ जिल्लाका जिल्ला पेजहरु सहित दिनमा १ सय ५० भन्दा बढी समाचार अपडेट गर्ने गरेको छ । महिनामा झण्डै ८ लाख भिजिटर रहेको फरक डिजाइनिङसहित सञ्चालित यो पेज नेपालमा नै  पहिलो हो । आगामी दिनमा यसको संरचना र साजसज्जामा गुणस्तरीयता थप गर्दै लगिने छ ।


 


यस बिषयमा तपाइको प्रतिक्रिया...!