अन्ततः सुर विज्ञानले दियो मायाको परिभाषा यसरी (भिडियो)

Posted on: 30 Nov, 2016

प्रभात सुवेदी । मंसिर १५, बर्दिया ।

न त जून न त तारा ।

मायामा नै सृष्टि सारा ।।

न त काँडा न त फूल ।

माया हैन कुनै भूल ।।


पछिल्लो समयमा बर्दियाको माटोले धेरै सुर चिन्न सक्ने कलाकाहरु जन्माएको छ । यसरी जन्मिनुमा निरन्तरको मिहिनेत र साधना एकातिर छँदैछ भने अर्कोतिर यो माटोको चिनारीका लागि केही गरौँ भन्ने भावनाले पनि साथ दिएको हो ।

यसैबीच पछिल्लो समयमा सङ्गीतको औपचारिक अध्ययनसँगै आफूलाई आधुनिक सङ्गीतको तीनओटै विधामा खरो उतार्न अब्बल देखिएका छन् बर्दियाली गायक केदार नेपाली । बर्दियाको कालिका गाविस वडा नं. ५ शितलाबजारमा घर भएका केदारले हालै मात्र मायाको परिभाषा आफ्नै शब्द, स्वर र सङ्गीतका माध्यमबाट दिन सफल भएका छन् भने सङ्गीत संयोजन दिनेश न्यौपानेले गरेका छन् ।  


रश लाईट मिडिया मार्फत उनले यो गीतलाई युट्युवमा सार्वजनिक गरेका छन् । अत्यन्तै उत्कृष्ट म्युजिक भिडियो रहेको यो गीतमा विकेश बज्राचार्य र रमिता भण्डारीको अभिनय रहेको छ भने यसको दृश्य रेकर्डिङ सुमित नेपालीले गरेका छन् । दृश्य सम्पादन भने दीपक विष्टको रहेको छ । रायन कार्कीको निर्देशन रहेको यो गीतको म्युजिक भिडियो अत्यन्तै आकर्षक बनेको र गीत पनि आम दर्शक तथा श्रोताहरुलाई मन पर्ने सर्जक केदार नेपालीले बताए ।

आँधी भाग १ र २ जोगी बनायो  जस्ता गीति एल्बमहरु निकालिसकेका केदार नेपालीको यो गीतले अझ साङ्गीतिक उचाई थप गर्ने कुरामा आशावादी हुन सकिन्छ । 

गीतको भिडियो यस्तो छ :




यस बिषयमा तपाइको प्रतिक्रिया...!