स्याउँ खेति सुपरजोन कार्यक्रम प्रभावकारी बन्ने, जुम्लामा साढे ४ करोड बढी रकमको अख्तियारी

Posted on: 19 Jan, 2017

नन्दराम जैशी/माघ ६, जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जुम्लामा स्याउ खेतिको लागी सुपरजोन कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने भएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई सुपर जोन स्याउ कार्यक्रम जुम्लाको आयोजनामा आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक कार्यक्रम अनुसार अभिमुखिकरण कार्यक्रममा जुम्लामा सुपरजोन कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने जनाइएको हो ।         

 स्याउ सुपरजोन कार्यक्रमको ५ वटा अवधारणा अनुसार जुम्लामा आर्थिक वर्ष २०७३/०७४ मा जिल्लाको हाँकु, लाम्रा, तातोपानी र चन्दननाथ नगरपालिकामा कार्यक्रम संचालन हुने भएको छ । त्यस्तै सुपरजोन कार्यक्रम अन्र्तगत आलु उत्पादनका लागि जिल्लाको छुमचौर र डिल्लीचौर तथा सिमिका लागि रारालिहि गाविसमा पकेट क्षेत्रका रुपमा कार्यक्रम संचालन गरिने भएको छ । परियोजना कार्यान्वयन ईकाई सुपर जोन स्याउ जुम्लाका अनुसार आलु र सिमिको कार्यक्रम जिल्ला कृषि विकास कार्यालय जु्म्ला मार्फत संचालन हुने जनाइएको छ ।

 सुपर जोन स्याउ कार्यक्रम अन्र्तगत आर्थिक वर्ष २०७३/०७४ का लागि ४ करोड, ५८ लाख, ४९ हजारको अक्तीयारि प्राप्त भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई सुपर जोन स्याउ कार्यालय जुम्लाले जानकारी दिएको छ । परियोजना कार्यान्वयन ईकाई सुपर जोन स्याउ जुम्लाका बरिष्ठ कृषि अधिकृत बिष्णु प्रसाद शर्माले ७ वटै प्रदेशमा सुपरजोन कार्यक्रम संचालन भएको भन्दै जुम्लामा स्याउमा सुपोर जोन कार्यक्रम संचालन भएकोछ । 

जुम्लामा एक सुपरजोन कार्यक्रम संचालन भएको जानकारी दिदै पकेट, ब्लक र जोन क्षेत्रका आधारमा जुम्लाको १ हजार हेक्टर जमिनमा सुपरजोन स्याउ कार्यक्रम संचालन गरीने उहाँले बताउनु भयो । जस अन्तर्गत कृषि  समुह, सहकारी र जलस्रोत समूह मार्फत निवेदन लिने काम सकिएको उहाँको भनाइ छ । जुम्लाको सुपरजोन कार्यक्रम अन्य छिमेकि जिल्लासम्म पनि भविष्यमा बिस्तार हुने उहाँको भनाइ छ ।

 परियोजनाका प्राविधिक सहायक इन्द्र सुवेदीका अनुसार १० वर्षिय परियोजना अन्र्तगत जुम्लाका २ सय  १ वटा समूहले स्याउ खेतीको लागि निवेदन दर्ता गरेका छन् । यता प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले सुपरजोन स्याउ कार्यक्रममा अन्य कुनै आयोजना तथा अनुदान नपाएका कृषकलाइ छनोट गर्न निर्देशन दिनु भएको छ । कुनै दाताको सहयोग नभइ नेपाल सरकारले आफै संचालन गरेको परियोजना भएकाले जुनसुकै ब्यक्ति प्रधानमन्त्री भएपनि यस परियोजनालाइ निरन्तरता दिइने उहाले बताउनुभयो । परियोजना अन्र्तगत आगामि बर्षमा जिल्लाका अन्य गाविसलाइ पकेट तथा ब्लकका रुपमा क्षेत्र छनोट गर्दा सबैको सहमति र छलफलका माध्ययमबाट छनोट गरिने उहाको भनाइ छ ।

 स्थानिय विकास अधिकारी हरीनारायण बेल्वासेले सुपरजोन स्याउ कार्यक्रमलाइ प्रभावकारी बनाउन स्याउ नर्सरी उत्पादनदेखि गुणस्तर कायम गर्नुपर्नेमा जोड दिनुभयो । अन्य क्षेत्रमा कार्यक्रम बिस्तार गर्नुपुर्व हाल तोकिएका क्षेत्रमा प्रभावकारी कार्यक्रम संचालन गर्न र यसमा सबैलाइ सहयोग गर्न उहाले अनुरोध गर्नुभयो ।

जिल्लाका राजनैति दल तथा अन्य सरोकारवाला निकायले सुपरजोन कार्यक्रमका लागि कृषक छनोट गर्दा पँहुच र पावरको आधारमा नभइ इमान्दार, लगनशिल र गरिब कृषकलाइ छनोट गर्न सुझाब दिएका छन् ।             

कार्यक्रमलाइ प्रभावकारी रुपमा संचालन गर्न जुम्लामै प्रांगारिक मल उत्पादन र स्याउ कोल्ड स्टोरको ब्यवस्था हुन आवश्यक रहेको राजनितिक दलले औंल्याएका छन् । कार्यक्रमका लागि गाविस छनोट गर्दा संभाब्यता अध्ययन नभएको भन्दै आगामि कार्यक्रममा संभाब्यता अध्ययन गरी भुगोल, सिंचाइ र सडकको पहँुचका आधारमा गाविस छनोट गर्न जुम्लाका राजनितिक दलहरुको सुझाब रहेको छ ।           


यस बिषयमा तपाइको प्रतिक्रिया...!