कञ्चनपुरमा एन प्याबसन फेस्टेवल सुरु

Posted on: 27 Jan, 2017


सुरेश भट्ट/माघ १४, कञ्चनपुर । एन प्याबसन कञ्चनकुरको आज देखि ५ औ  एन प्याबसन फेस्टेवल सुरु भएको  छ् ।

कञ्चनपुर जिल्लाको महेन्द्रनगर  अवस्तिथ कवड हलको मैदानमा फेस्टेवल  सुरु भएको  हो   ।

फेस्टेवल माघ १४  देखि  १८ गते सम्म हुनेछ जसमा बिभीन्न  खेलहरु रहेको आयोजक ले जानकारी  दिनु भएको छ ।

विद्यार्थी हरुमा रहेको अन्र्तनिहित प्रतीभाको प्रष्फोटन गर्ने, खेलको विकास गरी राष्ट्रिय, अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने, निजी विद्यालय विच भाइचारा राख्ने खेलको मुख्य उदेश्य रहेको  कार्यक्रम संयोजक दिपक भट्टले  बताउनु भएको छ ।

कार्यक्रमका सभापती एन  प्याबसन कञ्चनपुर का अध्यक्ष डि.डि अवस्थी, प्रमुख  अथिती प्रमुख जिल्ला अधिकारी मनोहर प्रशाद खनाल रहेका थिए भने कार्यक्रममा विद्यार्थी, शिक्षक, खेलपे्रमी, पत्रकार, कलाकारहरुको उपस्थिती रहेको थियो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!