दशौँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनीको दोस्रो दिन अन्तक्रिया गोष्ठिको आयोजना

Posted on: 04 Feb, 2017


सुरेश भट्ट/माघ २२, कञ्चनपुर । कञ्चनपुर जिल्लामा संचालित दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी को दोस्रो दिन अन्तक्रिया गोष्ठिको आयोजना भएको छ ।

आज जिल्ला कृषि विकास कार्यालयको हलमा जिल्लाका विभिन्न क्षेत्रवाट आएका किसानहरुसंग अन्तक्रिया गरीएको हो ।

 प्राङ्गारिक खेती तर्फ कृषकलाइ उन्मुख गराउने र खेती बारीमा लाग्ने रोगहरुको बारेमा किसानलाइ परामर्श दिनुका साथै ति रोग बाट खेती पाती लाइ कसरी जोगाउन सकिन्छ भन्ने विषयमा कृषकलाइ जानकारी दिने उदेश्यले अन्तक्रिया गोष्ठिको आयोजना गरीएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत यज्ञराज जोशीले वताउनु भएको छ । 

अन्तक्रिया कार्यक्रमा जिल्लाका अधिकांस किसानहरुको सहभागिता रहेको थियो भने सो गोष्ठि वाट आफुहरुले विभिन्न किसमका कृषि खेति सम्वन्धि जानकारी लिई लाभान्वीत भएको कर्षकहरुले वताएका छन ।


कृषि व्यवसाय प्रवद्धन कार्यक्रम ,सुदुरपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय, दिपायल र जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरको सयुक्त आयोजना मा दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला माघ २४ गते सम्म संचालन हुने छ । 

मेलामा किसानहरुले प्राङ्गारिक मलले उत्पादित कृषी वाली, फलफुल, तरकारी, माछा, विभिन्न प्रकारका आधुनिक कृर्षि यन्त्र का साथै मौलिक खानाको प्रर्दशनी रहेको छ । 

मेलामा विभिन्न खालका सुदुरपश्चिमको संस्कृतीक झल्कने सास्कृतिक कार्यक्रम समेत प्रदर्शन गरीएको छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!