इलामको श्रीअन्तुमा होमस्टे

Posted on: 05 Feb, 2017


पूर्वी इलामको श्रीअन्तुमा सञ्चालन भएका होमस्टे । तस्बिर: गोविन्द लामिछाने, इलाम/रासस

पर्यटकीय गन्तव्यका रुपमा कहलिएको अन्तुडाँडा क्षेत्रमा रहेका होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य मात्रामा हुने गरेको छ । नेपालमा सबैभन्दा पहिले सूर्यको किरण पर्ने अन्तुडाँडा सूर्योदयको दृश्यावलोकनका लागि प्रख्यात छ । सूर्योदय हेर्नकै लागि यहाँ पर्यटक आउने गरेका हुन् ।

अन्तुडाँडा क्षेत्रमा सञ्चालन भएका २० वटा होमस्टेमध्ये आधाभन्दा बढीमा नियमित पर्यटकको आगमन हुने गरेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!