आरक्ष पीडितद्धारा राजमार्ग बन्द गर्ने चेतावनी

Posted on: 14 Feb, 2017


सुरेश  भट्ट/फागुन ३, कञ्चनपुर । कञ्चनपुरका जिल्लाका आरक्षपीडितहरुले  आइतबार देखि सुरु गरेको आन्देलन मगंलबार साझसम्म कसैले पनि नसुनेपछि राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् ।

मंगलबार कञ्चनपुरको वन कार्यालयमा आरक्षपीडितहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा आक्रोसित भएका आरक्षपीडितहरुले भोलि देखि राज मार्ग बन्द गर्ने चेतावनी दिएका हुन् ।

पीडितहरुले विगतका आयोगले अघि प्रमाणित गरेका दुई हजार, चार सय ७३ परिवार र छुटपुटलाई समेत समेट्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रेका हुन् । आन्दोलनका कारण आईतबारदेखि कार्यदलले लगत लिने भनेका काम समेत ठप्प भएको छ । 

हामी नेपाली नागरिकहरुले कहिले सम्म जंगलमै झुपडीको जिन्दगी विताउने र भएको सम्पती विगतमा सरकारले नै खोसेर हामीहरुले नङगा बनाएको छ भन्दै पिडितहरुले गुनासो पोखेका छन् ।

जबसम्म विगतका आयोगले दुई हजार चार सय त्रिहत्तर परिवारलाई पुनः समेट्दैन तबसम्म आन्दोलन जारी रहने र आज साझ सम्म पीडितहरुको गुनासो कसैले सुनी नदिए पछि भोलि बाट राज मार्ग बन्द गर्नै चेतावनी आरक्षपीडित सर्घष समितीका अध्यक्ष हिरा सिंह भण्डारीले बताउनु भएको छ ।

पीडितहरुले सरकारले आफ्नो  पिडामा खेलिरहेको आरोप लगाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!