ब्यूटि कन्टेन्टसको नाममा ठगी घन्दा मौलाउदै

Posted on: 22 Feb, 2017

फागुन ११, बिराटनगर | बर्षमा दुइ चार वटा ब्यूटि कन्टेन्टस् बिराटनगरमा हुने गरेको भएपनी बिजेता बनाउन आयोजक ले मोटो रकम माग्ने गरेको रहस्य खुलेको छ ।भर्खरै मात्र आयोजना भएर सकिएको ब्यूटि कन्टेन्टस् मिस कोशी नेपाल को पहिलो ताज लगाउनकालागी प्रतियोगी ले १० लाख रुपैया आयोजकलाई बुझाएको रहस्य खुलेको हो ।

बिराटनगरमा एक महिना अघि देखि जय मिडिया इन्टरटेनमेन्ट ले  मिस कोशीको प्रतीस्प्रधा गराइ , बिजेता हुन   पहिलो ताजका लागी लागी प्रत्येक प्रतिस्प्रधि हरुलाई फोन बाट र फेसबुक बाट ४ लाख देखि १० लाख सम्म मागेको कल रेकर्ड बाहिरीएपछि आयोजक बिवादमा तानिएको छ ।

३ बर्ष देखि बिराटनगरमा जय मिडिया इन्टरटेनमेन्ट ले मिस कोशीको आयोजना गर्दै आएको थियो । यसबर्षको मिस कोशीमा २६ जना सुन्दरी हरुले प्रतिस्प्रधा गरेका थिए । पुर्वको बिभिन्न जिल्ला र काठमाण्डौ बाट समेत मिस कोशीमा सहभागीहुन सुन्दरी हरुको उपस्थीती रहेको   थियो । तर फाइनलमा पुग्दा पहिलो र दोश्रो हुनका लागी आयोजकले पैसा मागेको प्रतिस्प्रधि हरुको भनाइ छ ।

काठमाण्डौ बाट मिस कोशीका लागी भाग लिन बिरानगर आइपुगेकी रिया चन्दका अनुसार आयोजकका अबिदिप बुढाथोकिले फोन बाट रकम मागेको बताइन् । यता आयोजकले होस्टल र कस्टमको खर्च भनेर २५ हजार आफु संग लिएको समेत बताइन ।  उनि बिराटनगरको होस्टलको रकम आयोजकलो तिर्ने सर्तमा होस्टल बसेको भएपनी रकम नतिरी दिँदा अफुलाई समस्या परेको र उनी घर फर्किन नपाएको बताइन।
आफुहरुले १० लाख दिन नसक्दा आफुहरु बिजेटाको ताज पहिरीन नसकेको सहभागीहरुको बताउँछन् । एक लाख पुरस्कार बिजेताले पाउने भनिएपनी बिभिन्न बाहनामा आयोजक ले सहभागी हरुबाट रकम असुुलेको सहभागी चन्दको भनाइ छ । कार्यक्रम को फाइनल नजिकिदै जाँदा मिस कोशीका सहभागी हरुलाई १ हजार दरका १० वटा टिकट बिक्री गर्न आयोजकले दबाव दिएको र टिकट बेच्न नसक्दा आफुहरुले आफ्नै पैसा आयोजकलाई बुझउनु परेको समेत गुनासो गरे । उनीहरुले आफुहरुलाई बिभिन्न बाहना बनाएर जय मिडिया इन्टरटेन्मेन्ट प्रालीले ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरंगमा समेत उजूरी परेको छ । जिल्ला प्रशासन कार्यालय मोरंगले सत्य तथ्य छानबिन गरी कारकाहि गर्न जिल्ला प्रहरी कार्यालय मोरंगलाई निर्देशन दिएको छ ।

यता जय मिडियाको तर्फ बाट भने आफु हरु बाट यस्तो कार्य नभएको जय मिडिया का सिइओ जय रोय ले बताएका छन् । हारेका प्रतियोगीले आफुहरुलाई बद्नाम गर्न खोजेको भन्दै आफ्ना मातहतका कुनै कर्मचारीले रकम मागेको प्रमाणित भए कारबाहि गर्ने समेत बताए । सिजन ३ मिस कोशी २०७३ को ताज इटहरी कि सुजना खड्काले पाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!