कञ्चनपुर पर्यटन महोत्सबमा भोलि दुर्गेश थापा, राजेन्द्र भट्ट र भोजराज भट्ट आउने

Posted on: 22 Feb, 2017


सुरेश भट्ट/फागुन ११, कञ्चनपुर । महेन्द्रनगरको  को खुल्लामञ्च मा लागेको सुदुरपश्चिमाञ्चल औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा युवा गायक दुर्गेश थापा , र्यापर राजेन्द्र भट्ट र गायक भोजराज भट्ट आउने भएका छन ।

भोली सातौ दिन बिहीवार युवा गायक दुर्गेश थापा, र्यापर राजेन्द्र भट्ट र गायक भोजराज भट्ट आउने  कञ्चनपुर उद्योग बाणिज्य संघका सचिव तथा मेला आयोजक सांस्कृतिक समितीका संयोजक मदन राज पन्तले जानकारी दिनुभएको छ । ।

फागुन ६ गते देखी सुदुरपश्चिमाञ्चल औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सब लागेको थियो भने महोत्सब १५ गते सम्म चल्ने छ ।

महोत्सबको अवलोकन गर्न सुदुरपश्चिम का बिभिन्न जिल्लाका  साथै भारतको उत्तराखण्ड राज्यबाट समेत सर्बसाधारण आउने गरेका छन् भने महोत्सब अवधी भर ५ करोड भन्दा बढिको कारोबार हुने आयोजकले अपेक्षा राखेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!