छत्रेश्वरि सतिपिठ सल्यानमा शिवरात्रीका दिन ६० हजारले दर्शन गर्ने अपेक्षा

Posted on: 22 Feb, 2017


सन्तोष जिएम/फागुन ११, सल्यान । सल्यान छायाँछेत्रमा यो वर्ष पनि महा शिवरात्रीको दिन ठूलो मेला लाग्ने भएको छ । 

सत्य युगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा सतिदेवीको अन्तिम अंग पतन भएको छाँयाक्षेत्र धार्मिक पर्यटनको गन्तव्य मानिन्छ । जुन सल्यानको छाँयाक्षेत्र १ मा अवस्थीत छ ।

छायाँक्षेत्रमा प्रत्येक वर्ष शिवरात्रीका दिन पुजा अर्चना, भजनकृतन, दर्शन संगै ठूलो मेला लाग्ने गर्दछ । यस वर्ष पनि पर्सि शुक्रबार पर्ने महाशिवरात्रीको अवसरमा हुने मेलाको सबै तयारिलाइ अन्तीम चरणमा पु¥याइएको छत्रेश्वरि सतिपिठ क्षेत्र विकास समितीका अध्यक्ष प्रेम बहादुर भण्डारीले जानकारि दिएका छन् ।

उनका अनुसार यसपाली महाशिवरात्रीको अघिल्लो दिन विहिबार साँझदेखि रातभर भजनकृतन हुने छ । यका लागी राती बास बस्न आउने टाढाटाढाका भक्तजनहरुको लागी निःशुल्क आवास स्थल र भोजनको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले जनाए । साथै भक्तजनहरुलाइ खिर, हलुवा, पुरी जस्ता प्रसादको पनि व्यवस्था गरिएको उनले जनाए । समितीका सल्लाहकार डिल्ली रेग्मीले यो वर्ष महाशिवरात्रीमा करिव ६० हजार बढि दर्शनार्थीहरु छत्रेश्वरि सतीपिठमा आउने अपेक्षा गरे ।

दर्शन गर्न आउनेहरुका लागी मध्यनजर गरेर मन्दिर स्थल सम्म मोटरबाटोको स्तरउन्नती, गाडी पार्किङको व्यवस्था, खानेपानी तथा चिसोबाट बच्न आगो बाल्ने दाउराको समेत प्रवन्ध गरिएको रेग्मीले जनाए ।

दाङ– सल्यान– रुकुम सडकखण्डको घोप्टे अम्राइ भन्ने स्थानबाट करिव साडे ३ किलोमिटरको दुुरीमा अवस्थित छाँयाक्षेत्र मोक्ष प्राप्ति गर्ने पुण्य भूूमि भएको धार्मिक विश्वास छ ।

सत्ययुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा सतिदेवीको अन्तिम अंग पतन भएको छाँयाक्षेत्रको दर्शन गर्नाले मनले चाहेको पूर्ण हुने जनविश्वास रहेको छ ।

 पौराणिक कथा अनुुसार सतिदेवीको शरीरको पहिलो भाग गुुहेश्वरीमा पतन भएको थियो भने शरीरको अन्तिम भाग सल्यानको छाँयाक्षेत्रमा पतन भएको हो ।

 जहाँ जहाँ अंग पतन भए त्यहाँ सबै पूूण्यभूूमिको रुपमा रहेका र अन्तिम अंग पतन भएको छाँया क्षेत्र मोक्ष प्राप्त गर्ने पूूण्य भूूमि भएको छत्रेश्वरि भगवती मन्दीरका नागाबाबा उमेश गीरीले जनाए ।

 धार्मिक आस्थाको केन्द्र छाँयाक्षेत्रमा काठमाडौं,  बुुटवल र छिमेकी जिल्ला दाङ, रुकुम, रोल्पा, प्युठान, सुर्खेत, बाँके, बर्दिया लगाएतका जिल्लाबाट मानिसहरु आउने गर्दछन् ।

 झण्डै साडे ४ हेक्टर क्षेत्रफलमा फैलिएको छाँयाछेत्र मन्दिर परिसर भित्र पिचेश्वर महादेवको मन्दिर, सतीदेवीको मन्दिर, यज्ञ कुण्ड, धर्मशाला, अखण्ड धुनि घर, गौशाला, प्रतिक्षालय, पुजारि घर, ७ वटा नागा बाबाको समाधी लगाएतका संरचना छन् । र वृद्धाश्रम, सत्संग भवन निर्माणाधिन अवस्थामा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!