“कर्णालीका हिम चितुवा” धावक रोकाया गजराज स्मृति आदर्श व्यक्तित्वबाट सम्मानित

Posted on: 01 Mar, 2017


नन्दराम जैशी/फागुन १८, जुम्ला । यस बर्षको गजराज स्मृति आदर्श व्यक्तित्व विषेश सम्मान जुम्लाका हरि बहादुर रोकाया लाई प्रदान गरिएको छ । 

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमका वीच अन्र्तराष्ट्रिय म्याराथुन खेलाडि गजराज श्रेष्ठको स्मृतिमा आयोजित कार्यक्रममा उत्कृष्ठ प्रशिक्षकका रुपमा रोकायालाई सम्मान गरिएको हो । २ पटक गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाउन सफल रोकायालाई अन्र्तराष्ट्रिय खेलाडि, उत्कृष्ठ खेलाडि उत्पादन र उत्कृष्ठ प्रशिक्षकको रुपमा  विषेश कार्यक्रमका वीच सम्मान गरिएको छ ।


 देशको नाममा १३ वटा राष्ट्रिय तथा ३१ वटा अन्र्तराष्ट्रिय खेल खेल्नु भएका रोकायाले सन १९९९ र २००० मा आफ्नै नाममा रहेको विश्व किर्तिमान तोड्दै गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाउनु भएको थियो । एथ्लेटिक्स प्रशिक्षक रोकायालाई ताम्रा पत्र, प्रमाण पत्र र नगद २५ हजार सहित सम्मान गरिएको हो । जिल्लामा खेलाडिहरुको उचित सम्मान हुन नसकेको अवस्थामा आफ्नो  संघर्षको सम्मान केन्द्रले गरेमा रोकायाले खुसी व्यक्त गर्नु भयो । आजको सम्मान  आफु थप हौसला मिलेको उहाँले बताउनु भएको छ । काठमाडौ सम्मानित भएपछि माउन्टेन टुडे दैनिकसंग कुराकानी गर्दै रोकायाले भन्नुभयो- यो सम्मान मेरो निरन्तर संघर्षले आर्जेको सम्पति हो ।

 अन्र्तराष्ट्रिय ख्याति प्राप्त हरि बहादुर रोकाया अहिले ५१ वर्ष नाघि सक्नु भएको छ । तर औपचारिक खेल जीवन विश्राम लिइसक्नु भएका रोकाया गृह जिल्ला जुम्लामा आफु जस्तै खेलाडि उत्पादन गर्ने अभियानमा संघर्षरत हुनुहुन्छ । उनीहरुलाई पछि गएर दक्ष खेलाडि तथा प्रशिक्षक बनाउने सपना रोकायाको रहेको छ । ११ वर्षको उमेर पहिलो  पटकमा दौड प्रतियोगितामा भाग लिनु भएका रोकाया त्यतिबेलाको क्षणलाई सम्झदै  निरन्तरको प्रयासले आफनो जीवनको यो क्षण सम्म पुग्न मद्दत गरेको भन्दै विगतलाई सम्झिनु भयो ।

जुम्लामा अन्य खेलहरु भन्दा पनि उहाँकै अगुवाईमा अहिले एथ्लेटिक्स खेल विस्तारको क्रममा रहेको छ । देशमा तथा विदेशमा थुप्रै अवसरमा प्राप्त गर्नु भएका रोकाया अहिले गृह जिल्ला जुम्लामा एथ्लेटिक्सको प्रशिक्षणका व्यस्त हुनुहुन्छ । भने उहाँसंग करिब ३० जना प्रशिक्षार्थीहरुले प्रशिक्षण लिईरहेका छन् । पुर्व राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडि संघको आयोजना कार्यक्रम सम्पन्न भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!