महाकाली नदीमा हामफालेका बैतडीका युवक मृत भेटिए

Posted on: 03 Mar, 2017

फागुन २०, बैतडी । मजदुरीका लागि भारतमा रहेका एक नेपाली बिहीबार मृत भेटिएका छन् । मृत भेटिनेमा बैतडी भटना–५ का २८ वर्षीया गौरी धानुक रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरीनायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । 

“बुधबार भारतवाट मजदुरी गरेर नेपाल फर्किंदै गरेका धानुकले दार्चुला सदरमुकाम नजिकै महाकाली नदीमा हामफालेको हो”, उहाँले भन्नुभयो, “भारत उत्तराखण्ड निङपातली भन्ने ठाउँमा शव फेला परेको हो ।” 

भारतमा सडक मजदुरका रुपमा काम गर्दै आएका धानुक बुधबार घर फर्किंदै गरेका थिए । मृतकको शव ल्याउने तयारी भएको प्रहरीले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!