राष्ट्रसेवक प्रहरीका लागि कालिकोटमा शिविर

Posted on: 03 Mar, 2017


दलसिंह गिरी/फागुन २०, कालिकोट । नेपालराष्ट्रको सेवामा खटिएका नेपाल प्रहरीहरुको स्वास्थ्य उपचार तथा उनीहरुका घरपरिवारलाई समेत शुलभमा उपचार गराउने उद्देश्यले संचालित मध्यपश्चिमाअञ्चल क्षेत्रिय प्रहरी अस्पताल नेपालगंजले आज कालिकोटमा एक शिविरको आयोजना गरी गरिव ५१ जना प्रहरीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । 

मध्यपश्चिमाअञ्चल प्रहरी अस्पताल प्रमुख बुद्धि क्षेत्रीको संयोजकत्वमा आएको ६ सदस्यीय टोलीले कालिकोटमा कार्यरत बाहल वाला प्रहरी तथा भुतपूर्व प्रहरीहरुको निशुल्क स्वास्थ्य जाच गरेको हो । 


आज दिनभर चलेको शिविरमा स्वास्थ्य परिक्षण गर्नेहरुमा विशेषत प्रेसर र ढाड्दुख्ने समस्या बढी देखिएको शिविर टोलीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख योगेन्द्र कुमार खड्काको स्वास्थ्य परिक्षण गरी उद्घाटन गरिएको शिविरमा डा. सुभेक्षा थिङ्ग, भक्त बहादुर रोकाया, कृष्ण यादव, विर्खसिंह भण्डारी कैलाश शुवेदीको टोली द्धारा प्रहरीको परिक्षण गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!