आर्मीलाई पाखा लगाउदै संकटा उचाल्यो १९औँ तिलोत्तमा गोल्डकपको उपाधि

Posted on: 04 Mar, 2017


कृष्ण खनाल/फागुन २१, बुटवल । उपाधि दाबेदारको रुपमा रहेको विभागीय टोली त्रिभुवना आर्मी क्लव काठमाण्डौलाई २–१ गोल ले पाखा लगाउदै तिलोत्तमा तिलोत्तमा गोल्डकपको उपाधि संकटा क्लव काठमाण्डौले जितेको छ । 

बुटवल–१३ देवीनगरमा रहेको एन्फा एकेडमी मैदानमा शनिवार भएको फाईनल प्रतिष्पर्धामा पहिलो हाफमा मा बराबर  गरेको संकटाले दोस्रो  हाफमा थप १  गोल आफ्नो खातामा जम्मा गर्दै आर्मी लाई हराएको छ । 

आर्मीले २९ मिनेटमा लिएको अग्रता संकटाले पहिलो हाफको अन्तिममा गोल गर्दै वरावरीमा पु¥याएको छ ।   आर्मीका राजिव गुरुङ्ग र संकटाका लागि  निराजन खड्काले गोल गरे ।

दोश्रो हाफमा संकटाका निराजनले थप एक गोल थपे ।   

उपाधी संगै संकटाले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहित कप हात पारेको छ । उपविजेता बनेको आर्मीले ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगितामा विभागिय तीन टिम सहित १० टिमको सहभागिता रहेको थियो । संकटाको लागि उपाधि  २ वटै गोल निराजन खड्काले गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!