१९ वर्षपछि हुम्लामा ट्रयाक खोलियो, ठेकदार र चालकलाई सम्मान

Posted on: 05 Mar, 2017


रेशम राज रोकाया/फागुन २२, हुम्ला ।  हिल्सा सदरमुकाम सिमकोटलाई केन्द्रित गरी सडक आयोजना शुरु भएको १९ वर्ष पछि हुम्ला सदरमुकाम सिमकोटमा ट्रयाक खोलिएको छ । 

हरित सडक शुरु भएको १९ वर्षपछि आज सिमकोट ट्रयाक ओपनिङ्ग सहित ट्रयाक्टर पुगेपछि सिमकोट सडक सञ्जालमा समाहित भएको छ । आ.व. ०५३।०५४ मा शुरु भएको हिल्सा सिमकोट मोटरबाटोको च्याछहरा खण्डको काम पुरा नभएकोले सल्ली खोला सम्म हिल्सा सिमकोट र सल्ली देखि लिमि लाप्चाको सडक हुँदै आज सिमकोटमा ट्रयाक्टर पुगेको हिल्सा सिमकोट सडक आयोजना प्रमूख बिजयकुमार थापाले बताए । 

ट्रयाक ओपनिङ्ग भएसँगै हुम्ला सडक सञ्जालमा समाहित भएको हुम्लामा नियमित रुपमा गाडी चल्नका लागि एक महिना लाग्ने आयोजना प्रमूख थापाले भने “धेरै लामो समयदेखिको प्रयास सम्पन्न भएको छ । आज ट्रयाक खोल्दै ट्याक्टर र एक्साभेटर सिमकोटमा पुगेपछि अब हुम्ला चिनको सिमानाबाट सडक सञ्जालमा जोडिएको छ ।” 

आ.व. ०५३।०५४ मा हरित सडकबाट शुरु भएको बहूप्रतिक्षित ९० किलो मिटरको हिल्सा सिमकोट मोटर बाटो अन्तरगत तुम्कोटको पुल बन्न ढिलाई हुनु र च्या छहरा खण्डको १३ किलो मिटर चट्टान फोड्न समय लाग्ने हुने भएपछि उत्तरी क्षेत्रको ९० किलो मिटर लिमि लाप्चा सडक मार्फत अब सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिने भएको हो । 

लिमि–लाप्चा–सिमकोट सडक अन्तरगत कुल ९०  किलो मिटर लामो सडक एक्साभेटरको (बे्रकर) र बकेटको सहायताले ट्रयाक खोल्ने काम सकिएसँगै सिमकोटको लाग्नाबाट सामान ल्याएर सदरमुकाम सिमकोट बजारमा पुगेको हो । 

सदरमुकाम सिमकोटसँग जोडिएसँगै दशकौ देखि सडकको महिमा गाएर बसेका माथिल्लो हुम्लाका वासिन्दाको सडक सपना साकार हुन लागेको स्थानियले बताएका छन् । आफू विद्यालयमा पढ्ने अवस्था देखिनैं हिल्साबाट गाडी आउने छ रे भन्ने सुनेका एमाले अध्यक्ष दल रावलले भने “यत्रो वर्षसम्म आज गाडी आउँला भोली गाडी आउँला भनेर दिन गन्दा निराश भएका हुल्लावासीलाई सिमकोटमा ट्रयाक्टर पुगेसँगै निकै आशा पलाएको छ । सिमकोट सडक सँग जोडिएसँगै एक अध्याय पुरा भएपनि राष्ट्रिय राजमार्गसँग जोड्नका लागि जिल्लाका सबै दल एक भएर कर्णाली करीडोरलाई प्राथमिकता दिनु पर्छ ।”  

मुचुको तुम्कोटबाट आएको ट्रयाक्टर सिमकोटमा आएको देखेपछि अब आप्mनो गाडी देखेर मर्ने सपना पुरा भएको बताएकी सिमकोट ३ कि छत्तकला रोकायाले गाडी हेर्ने भन्दै धेरै बुढाबुढीको सपना पुरा नभएको बताइन् । आफू बाँचेको निक्कै भाग्यमानी ठानेकी रोकायले थपिन “अब मलाई युवक हुन मन लागेको छ । सिमकोटमा पुगेको गाडी चढेर आवत जावत गर्नका लागि भएपनि मलाई युवक भए हुन्थ्यो भन्ने लागेको छ ।”  

रोड नजिकै आयो भन्ने खबर सुन्दा निकै हौसिएकी सिमकोट माथिल्लो गाउँकी सविता रोकायाले आप्mनै घर अघि ट्रयाक्टर पुगेको देखेपनि पत्यार लागेन् । जमना देखि हिल्साबाट सडक आउँछ भन्ने सुनेकी उनलाई दुई दशक पुग्दा समेत नआएपछि अहिले पुगेको छ भनेर पत्याउन निकै मुष्किल भयो । सिमकोटमा ट्रयाक सहित ट्रयाक्टर चल्दा मात्रैपनि दाउरा, ढुङ्गा ओसार पसारमा निकै सहज भएको बताएकी कालीले अब वास्तवमै हुम्लीका दिनपनि फिरेको प्रतिक्रिया दिइन् ।   

जिल्लाको मेरुदण्डका रुपमा मानिएको चिनको स्वशाशित क्षेत्र तिब्बतबाटको यो सडक सिमकोटमा जोडिएकोमा निकै उत्साहित भएका नेपाली कंग्रेसका सभापति जयपती रोकायाले छन् । ट्रयाक खोल्ने कामले जिल्लाकै सपना साकार नभएपनि प्रगतीको एक अध्ययय पुरा भएको नेपाली कंग्रेसका सभापती जयपती रोकायाको हुम्लीको सपना साकार नभएपनि उत्तरी क्षेत्रबमट ल्याएको हिल्सा–सिमकोट  र लिमि–लाप्चा मोटरबाटो पुगेर एक महत्वपूर्ण काम पुरा भएको बताए । बाटो विना कुनैपनि काम पुरा हुन नसक्ने बताएका रोकायाले जिल्लाको विकासका लागि कर्णाली करीडोर नै पहिलो प्राथमिकता भएको उल्लेख गरे । 

उत्तर तर्फबाट सदरमुकाम सिमकोट पुगेको हिल्सा–सिमकोट र लिमि–लाप्चाले उत्तरी क्षेत्रबाट आउने सामाग्रीमा केही सहज हुने बताएका स्थानीय विकास अधिकारी लोकबहादुर सुनारले अव राष्ट्रिय राजमार्गसँग जोड्ने काममा जिल्लाका विकास समितिले दक्षिण पूर्वका बाटा निर्माण कार्यलाई प्राथमिकता दिने बताए ।

हिल्सा सिमकोट र लिमि लाप्चा सडक अन्तरगत ४ वटा खण्डको ठेक्का लिएका सुर्य कण्स्ट्रक्सन प्रालिका प्रोप्राइटर सोनाम लामाले ठेका लिदा आफूले ७२ प्रतिशत कममा ठेका लिंदा आफूलार्य घाटा लागेपनि हुम्लावासीको सडक सपना पुरा भएकोमा आफू निकै सन्तुष्टि भएको बताए । उनले भने “लिमि लाप्चा र हिल्सा सिमकोट अन्तरगतका ४ खण्डको निर्माणका लागि १३ करोड मध्ये ७२ प्रतिशत कम अर्थात ४ करोड ६४ लाखमा ठेक्का स्विकृत गरे । त्यसले घरको रकम समेत ल्याएर आप्mनो इज्जत जोगाउनकै लागि पनि निर्माण कार्यालय पुरा गरेको हो ।” ट्रयाक खुलाउने काम पुरा भएको बताएका लामाले अब छिट्टै दोहोरो ट्रयाक खुलाउने काम हुने दावी गरे । 

ठेकदार र चालकलाई सम्मान 

जिल्ला सदरमुकाम सिमकोटमा गाडी ल्याई पु¥याएको भन्दै जिल्लाका राजनीतिक दल र स्थानीयले सुर्य कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर सोनाम लामा र गाडी चालकलाई सम्मान गरेका छन् ।  दुई दशक पहिलादेखि ट्रयाक पुगेको भन्दै राजनीतिक दलका प्रमूख स्थानीय प्रशासन र जिल्ला विकास समितिले सम्मान गरेको स्थानीय विकास अधिकारी लोकबहादुर सुनारले बताए ।

जिल्लाका सबै राजनीतिक दल र नागरिक समाजको तर्फबाट ७२ प्रतिशत सम्म कममा निर्माण ठेक्का लिएरपनि सम्पन्न गरेकोमा आज ठेकदार र चालकलाई खादा र अविर जात्रा गरेर सम्मान गरिएको सहायक प्रमूख जिल्ला अधिकारी रुद्रप्रसाद सिटौलाले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!