कपिलवस्तुमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

Posted on: 06 Mar, 2017


माधव बेल्वासे/फागुन २३, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर चन्द्रौटा सडक खण्ड अन्तरगत घोरहि खोला पुल नजिकै ट्याक्टर पल्टदा २ जनाको मृत्यु भएको छ । 

कृष्णनगर वाट वहादुरगंज आउदै गरेको लु १ प ५४०३ नम्वरको ट्याक्टर सोमवार दिउसो सवा २ वजे अनियन्त्रित भई सडक वाट २० मिटर तल खसेको इलाका प्रहरि कार्यलय कृष्णनगर जनाएको छ । 

मृत्यु हुनेमा कृष्णनगर नगरपालिका ३ सेमरा वस्ने ४६ वर्षिय साहु मुनियार र  कृष्णनगर नगरपालिका १ सुरौलि वस्ने २५ वर्षिय सन्तोष यादव रहेका छन । घटना पछि उपचारको लागि वहादुरगंज मा रहेको शिवराज अस्पतालले मृत घोषण गरेको इलाका प्रहरि कार्यलय कृष्णनगर का प्रहरि निरिक्षक संजय रिजालले जानकारि दिनु भयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!