पत्रकार महासंघ मुगुको कार्य समिति निर्विरोध चयन

Posted on: 09 Mar, 2017


 फागुन २६, मुगु । नेपाल पत्रकार महासंघ मुगु शाखाको चौथो जिल्ला अधिवेशनले नयाँ कार्य समिति सर्व निबिरोध चयन भएको छ । 

सदरमुकाम गमगढीमा विहिवार सम्पन्न भएको अधिवेशनले अध्यक्षमा नृपेन्द्रबहादुर मल्ल, खुला उपाध्यक्षमा दानबहादुर बुढा, महिला उपाध्यक्ष तर्फ सुमित्रा रावल, सचिवमा मोहनकुमार मल्ल,  सह सचिव खुला तर्फ अच्युतराज भण्डारी तथा सहसचिव समावेशी तर्फ भिम तिरुवा, कोषध्यक्ष तर्फ गोकर्ण शाही र  सदस्यहरु खुला तर्फ मोहनकुमार मल्ल नन्दबहादुर रोकाया,अंकबहादुर बुढा  कविराज कार्की, समावेशि तर्फ बसन्त परियार, जनजाती तर्फ हिरालाल श्रेष्ठ  निर्विरोध निर्वाचित भएका हुन ।


केन्द्रीय सभाषदमा विनोदकुमार मल्ल, जिवन सेजुवाल निर्विरोध भएका हुन । प्रादेशिक सभा तर्फ राजबहादुर शाही, विमल हमाल र शिवचन्द्र कार्की निर्वाचित भएका निबिरोध निर्वाचन मुख्य निर्बाचन अधिकृत देवबहादुर मल्लले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!