बस दुर्घटनामा मृत्यु हुनेको संख्या २५, पुग्यो, घाईतेलाई रिफरै रिफर

Posted on: 10 Mar, 2017


धिराज आर. सी.फ़ागुन २७, जाजरकोट । जाजरकोटमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।

जाजरकोटको भेरी मालिका नगरपालिका बसर्पाक देखि ४५ देखि ५० सम्मा यात्रु लिएर साल्माको खाराका लागि दिउसो ३ बजे छुटेको ना २ ख २२७९ नम्वरको बस भेरी मालिका नगरपालिका ४ बोहराको मोडवाट पल्टीएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जनाएको छ ।

बस रोड देखि करीब ६०० मिटर तल खसेको थियो । दुर्घटनामा परी अहिले सम्म २५ जनाको मृत्यु भएको छ भने ३७ जना भन्दा बढी घाईतेलाई चैरजाहारी मिशन अस्पताल रुकुममा उपचार भइरहेको छ । 

त्यस्तै मृत्कको अहिले सम्म सनाखत हुनसको छैन । घाइतेलाई काठमाण्डै रिफर गर्ने  तयारी भैरएको प्रहरी नायव उपरीक्षक भावेश रिमाले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!