नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले थप १० जिल्लालाई केन्द्र बनाएर काम गर्ने

Posted on: 18 Mar, 2017

नन्दराम जैशी/चैत ५ जुम्ला । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले यस वर्षबाट नेपालका थप १० वटा जिल्लालाई केन्द्र बनाएर काम गर्ने भएको छ । 

जसअन्र्तगत ६ नम्बर प्रदेशको जुम्ला र सल्यान जिल्लामा केन्द्र बनाएर आर्थिक गतिविधिको विषयमा जानकारी लिईने भएको राष्ट्र बैंकले जनाएको छ । यस अघि ४७ वटा केन्द्र रहेको नेपाल राष्ट्र बैंकको शाखा यस वर्षबाट संघिय संरचना अनुसार थप भएको हो ।

 ताप्लेजुङ, पाँचथर, संखुवासभा, मुस्ताङ, गुल्मी, अर्घाखाँची, दार्चुला, अछाम, जुम्ला र सल्यान जिल्लामा केन्द्र थप गरेर रिर्पोटिङ्ग गर्ने भएको हो । कर्णालीको केन्द्रको रुपमा रहेको जुम्ला मार्फत ५ वटै जिल्लाको कृषि, पशु, वन तथा वित्तिय निकायहरुको आयआर्जनको अवस्थाको विषयमा जानकारी लिन भन्दै केन्द्रीय तथा क्षेत्रिय स्तरका एक टोली जुम्ला आएर छलफल गरेको हो । 

 ६ नम्बर प्रदेशलाई आत्मनिर्भर बनाउन यस क्षेत्रमा भएका सम्भावना, चुनौति र आगामी दिनमा सरकारले गर्न सक्ने लगानीलाई केन्द्रित गरेर सुझाव संकलन गरिएको र उक्त सुझावको आधारमा बजेटको खाका तय हुने नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग केन्द्रिय कार्यालयका उपनिर्देशक प्रदिपराज पौड्यालले जानकारी दिनुभयो । उहाँका अनुसार होटल, पर्यटन तथा वन क्षेत्रबाट हुन सक्ने आर्थिक लाभको विषयलाई केन्द्रित गरेर बजेटको बाँडफाँट गर्न सरकारलाई सुझाव दिईने छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!