निसीखोला गाउँपालिकाको केन्द्र पायक पर्ने स्थानमा तोक्न माग गर्दै बिरोध

Posted on: 19 Mar, 2017


चैत ६, बाग्लुङ । नेकपा माओवादी केन्द्र एरिया नम्बर–२ अर्थात ढोरपाटन नगरपालिका वडा नम्बर–२ को वडा सम्मेलन आयोजक समितिको बैठक  शनिबार भएको छ । 

बैठकले पार्टि संरचनामा वडा भित्र ११ टोली विभानज गरि चैत्र १५ गते भित्र सवै टोलमा टोल समिति गठन गरेपछि वडा सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले वडाको सम्पर्क कार्यालय ढोरपाटन नगरपालिकाको वडा नम्बर–२ सेरामा राख्ने निर्णय गरेको छ । 

कार्यक्रममा बोल्दै माओवादी नेता दिदिराम शर्माले पार्टि संगठन निर्माण सँगै स्थायिन निर्वाचन सफत पर्नका लागि जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले माओवादी आन्दोलनले स्थापित गरेका परिवर्तका मुद्धाहरुको कार्यान्वयनमा पनि पार्टिकै नेतृत्व आबश्यक रहेकोमा जोड दिनुभयो । 

सो अबसरमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका शिबलाल चालिसे र पुर्णपती सापकोटाले मन्तव्य राख्नुभएको थियो । बैठक वडा सम्मेलन आयोजक समितिका संयोजक फारमबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो । 

धौलागरी सिप विकाश केन्द्रले निसीखोला गाउँपालिकाको देविस्थान अर्नाकोटमा सञ्चालन गरेको ६ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । महिलालाई सिप प्रदान गरि आर्थिक रुपमा आत्मनिर्भर बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको हो । 

हिजो तालिम पुरा भएपछि एक कार्यक्रमको आयोजना गरि तालिममा सहभागी २३ जनालाई प्रमाण पत्र समेत प्रदान गरिएको छ । तालिममा धनमायाँ रामजाली प्रथम, भिमु रामजाली द्वितिय र रञ्जना केसी घर्ती तृतिय हुनुभएको छ ।

तालिम दिएर प्रमाणपत्र लिएका सहभागीले सिकेको सिप मार्फत जीविकोपार्जन सुधारका लागि महत्वपुर्ण हुने बताएका तलिम लिनुभएकी अमृता विकले जानकारी दिनुभएको छ ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!