बैतडीका स्थानीयले भने- नेतालाई होईन, डक्टर अवस्थीलाई भोट दिन्छौ

Posted on: 22 Mar, 2017


सास/चैत ९, बैतडी । बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रका स्थानीयले स्वास्थ्य सेवामा गरेको प्रगतीले लोकप्रिय बनेका डक्टर गुणराज अवस्थीलाई भोट दिने इच्छ्या रहेको बताएका छन् ।

सुरक्षित प्रसुति सेवा केन्द्र उद्घाटन समारोहमा भेला भएका स्थानीयले यस्तो इच्छ्या व्यक्त गरेका हुन् । पाँच वर्षमा डक्टर अवस्थीले जिल्लाको स्वास्थ्य सेवा सुधारमा उल्लेख्य भुमिका निर्वाह गरेकाले विकासका लागि डक्टर अवस्थी वा त्यस्तै आफ्नो जिम्मेवारीप्रति क्रियासिल व्यक्तिलाई भोट दिने आफुहरुको इच्छ्या रहेको उनिहरुको भनाई छ ।

समय, क्रियासिलता, प्रशासन, सेवा प्रवाह लगायतका विषयमा उदाहरणीय बनेका अवस्थीको जिल्ला भरी प्रसंसा गर्नेको कमि छैन् । “आफुहरुले धेरै पटक भएका निर्वाचनमा धेरैलाई जितायौँ तर गाँउको विकास सोचेजस्तो भएन” स्थानीय अम्बीका चाँडले भने ।


“डक्टर अवस्थीले आफुहरुको गाँउमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति गरेकाले भोट दिने इच्छ्या त थियो तर के गर्ने उहाँ नेता पर्नुभएन” चाँडले दोहोर्याए ।

अहिले डक्टर अवस्थीले जिल्लाको स्वास्थ्य सेवा प्रवाह र विषेश गरी सुत्केरी व्यथाका कारण कोही पनि महिलाले अकालमै ज्यान जोखिममा पार्नु नपरोस भनेर दुर्गमका गाँउ–गाँउमा सुरक्षित प्रसुति सेवा केन्द्र संञ्चालनमा तिब्रता दिनुका साथै जिल्लालाई पुर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने अभियानलाई तिब्र पारेका छन् ।

महिलाहरुको प्रजनन स्वास्थ्य, सुरक्षित प्रसुति, अल्ट्रासाउन्ड लगायतका सेवाहरु गाँउमै गएर दिने भएकाले महिलाहरुले डक्टर अवस्थीको खुलेरै प्रसंसा गर्दछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!