सम्भाव्यता अध्ययनका लागि बुढीगंगामा जल यात्रा

Posted on: 22 Mar, 2017


चैत ९, अछाम । अछाम जिल्लाको बुढिगंगा नदिमा पहिलो पटक सम्भाव्यता अध्ययनका लागि जल यात्रा गरिएको छ । 

मष्टो आउटडोर्स प्रालिको आयोजनामा जलयात्रा गरेर सम्भाव्यता अध्ययन गरिएको छ । साँफेबगरको पक्की पुल देखि, बैजानाथ धाम, जिउराडी हँुदै चित्रे पुलसम्म टोलिले सम्भाव्यता अध्ययन गरिएको थियो । 

‘अछाम जिल्लाको बुढी गंगा नदीमा जलयात्राको प्रचुर सम्भावना रहेको छ,‘ सम्भाव्यता अध्ययनको नेतृत्व गर्नु भएका पर्यटन ब्यवशायि रमेश बहादुर कुँवरले भन्नु भयो जल यात्राका माध्यमले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ । सम्भाव्यता अध्यन पूर्णरुपमा सफल भएको भन्दै उहाँले निकट भविष्यमै व्यवशायिक रुपमा बुढीगंगा नदीमा जलयात्रा संचालन गरिने बताउनु भयो । 

उक्त सम्भाव्यता अध्यनमा सहभागि नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैनाले भने ‘ अछाम जिल्लामा रहेको जल यात्राको प्रचुर सम्भावना रहेछ अव यसको प्रवद्र्धन गर्न सवैले हातेमालो गर्न जरुरी छ । 

यस्ता गतिबिधि बढाउन स्थानीय सरकारले माष्टर प्लान बनाएर अगाढी बढ्न जरुरी छ । अछाम जिल्लामा बाह्य र आन्तरिक पर्यटन प्रबद्र्धनकालागि जल यात्रा पनि महत्वपुर्ण भूमिका निर्वाह गर्ने देखिन्छ । 

चार घण्टा लामो जल यात्राका दौरान आफूहरु निकै रोमाञ्चित भएको सहभागिहरुले बताएका थिए । जल यात्रा सम्भाव्यता टोलिमा रेडियो रामारोशनका अध्यक्ष एकिन्द्र कँुवर, कार्यकारी निर्देशक वेदप्रकाश तिमिल्सैना, अन्य संञ्चारकर्मि, स्थानियको सहभागिता रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!