जिप्रका अछामद्धारा सार्वजनिक हितका लागि सुचना प्रशारण तथा प्रकाशन जारी

Posted on: 25 Mar, 2017


कमल रावल/चैत ११, अछाम । आगामि २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि शान्ति सु व्यवस्था कायम गर्न जिल्ला प्रशासन कार्यालय अछामले सार्वजनिक हितका लागि सुचना प्रशारण तथा प्रकाशन जारी गरेको छ । 

कानुन बमोजिम अनुमति प्राप्त गरेका व्यक्तिको नाममा रहेका बन्दुक, पेस्तोल जस्ता हात हतियार निर्वाचन अवधि भर जिल्ला प्रशासन कार्यालयमा राख्ने प्रायोजनका लागि प्रशासन वा नजिकको प्रहरी कार्यालयमा ७ दिन भित्र बुझाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी शँकर बहादुर बिष्टले बताउनु भयो । 

सुरक्षाको काममा खटिएका सुरक्षाकर्मी, कानुन बमोजिम लिन पाउने हातहतियार बाहेक अन्य कुनै पनि ब्यक्तिले कुनै प्रकारको बिष्फोटक पदार्थ वा रसायनिक तथा विषालु पदार्थ वा लाठि, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन पुर्ण निषेध गरिएको बताउनु भयो । यो अवधिमा कोही कसैले यस्ता कार्य गरेको पाईएमा कानुन बमोजिम कारबाही गरिने बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!