कालिकोट कारागारका एक कैदि फरार, खोजीकार्य तिब्र

Posted on: 26 Mar, 2017


दलसिंह गिरी/चैत्र १३, कालिकोट । विस बर्षे कैद सजाय भोगी रहेका कालिकोट जिल्ला ओदानकु गाविसका हेमन्त भनिने दलबहादुर शाही जिल्ला कारागार कालिकोटबाट फरार भएका छन् ।

ज्यानमाराको अभियोगमा २०६६ सालमा जिल्ला अदालत बाँकेले २० बर्षे कैद सजाय भोगेका शाही सुक्रवार दिउसो एक प्रहरीको साथमा जिल्ला सदरमुकाम मान्म खाडाचक्र बजार घुम्न आएका एक्कासी फरार भएका हुन् ।

जिल्ला कारागार कालिकोटमा सजाए भोग्दै आएका शाही शुक्रवार एक्कासी फरार भएपछि जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको संयोजकत्वमा आकस्मिक बैठक बसी सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको छ । 

जस समितिमा प्रहरी निरिक्षक राष्ट्रिय अनुसन्धान प्रतिनिधि सदस्य रहेका छन् । कारागारका कैदी फरार भए लगतै अभियुक्तको खोजीकार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!