नवलपरासीमा म्यादी प्रहरीका लागि प्रहरी कार्यालयमा भिडभाड (फोटोफिचर)

Posted on: 26 Mar, 2017

चैत १३, नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीमा म्यादी प्रहरीको फार्म भर्नेहरुको निकै भिडभाड लागेको छ । 

स्थानिय चुनावमा सरकारले थप जनशक्तिको रुपमा खटाउने म्यादी प्रहरी पोष्टमा फर्म भर्नका लागि जिल्लाको विभिन्न ठाउँबाट आएका बेरोजगार युवाहरुको प्रहरी कार्यालयमा लामो लाम लागेको छ ।

बेरोजगारी कै कारण घर बसेका हजारौ युवाहरुको म्यादी प्रहरीमा आकर्षण बढेको पाइएको छ । आगामी बैशाख ३१ गते हुने स्थानिय निकायको निर्वाचनमा सुरक्षार्थको रुपमा खटिने म्यादी प्रहरीमा फर्म भर्नै, विहान दौड र ईक्सरसाईज समेतमा यहाँका युवायुवतीहरु जुटेका छन् ।  


जिल्लामा गत शुक्रबार ११ गतेदेखि म्यादी प्रहरीको भर्ना खुलाइएको छ । हाल प्रदेश नं ५ परासी क्षेत्रका लागि प्रहरीले पन्ध्र सयको हाराहारीमा फर्म लिने छ भने यसको १७ गते अन्तिम म्याद रहेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार देखि संकलन गरिदै आइएको म्यादी प्रहरीको फर्म संख्या आजसम्म करिब ५ सय पुग्ने प्रहरीको अनुमान छ ।  



यस बिषयमा तपाइको प्रतिक्रिया...!