मध्यवर्ति क्षेत्रद्धारा भाले डाँफे शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई हस्तानतरण

Posted on: 12 Apr, 2017


टेक शाही/चैत ३०, डोल्पा । त्रिपूरा सुन्दरी मध्यवर्ति क्षेत्र उपभोक्ता समितिले फेला पारेको भाले डाँफे शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई हस्तानतरण गरेको छ । 

त्रिपूराकोटका लिलाराज रोकायाले थकित अबस्थामा फेला परेको भाले डाँफे मध्यवर्ति क्षेत्रका अध्यक्ष टिकादत्त न्यौपानेलाइ बुझाउनु भएको हो । पहिलो पटक फेला परेको डाँफे यसरि बुझाए पनि राष्ट्रिय चरा डाँफेलाइ सिकार गर्नेहरुको कमि भने नँरहेको स्थानियहरु बताउछन ।

बिहान त्रिपूराकोटको बगरमा भेटिएको भाले डाँफे शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा खबर गरि निकुञ्ज कार्यालयबाट खटिएको गेमस्काउट गोर बहादुर गूरुगँ र कालिदत्त गल्मका टोलीलाइ त्रिपूरा सुन्दरी मध्यवर्ति क्षेत्रका अध्यक्ष र अन्य पादधिकारिको रोहोवरमा शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाइ बुझाएको मध्यवर्तिका अध्यक्ष टिकादत्त न्यौपानेले जानकारि दिनु भयो । 

चैत बैशाखमा लेकमा रहेका डाँफेहरुलाइ सिकारी चरा बाजले लखेटेर भेरिमा ल्याउने र मार्ने गर्ने गरेको हुनाले यो डाँफे पनि त्यसरि सिकारी बाजले लखेटेर ल्याएको हुनुपर्ने त्रिपूराकोटका स्थानिय बढापाकाको ठम्मयाइ रहेको छ । 

निकै थकित अबस्थामा फेला परेको डाँफे गाँउका बुद्धिजीबीहरु,सञ्चारकर्मि,किर्डाक नेपालका कर्मचारिहरु सुरक्षा कर्मि स्थानियहरुको उपस्थितिमा शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा बुझाइएको छ । 

डाँफेलाइ शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले उस्ले दैनिक जिवनयापन गरेको बनमा लगेर सुहाउदो बातावरणमा छोडन् शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगार्डले जानकारि दिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!