पर्वतका दुई नगरपालिकामा यी हुन मेयरका उम्मेदवार

Posted on: 02 May, 2017

 । पहिलो चरणमा घोषित बैशाख ३१ को चुनावका लागी आज अर्थात १९ गते दिउँसो १० बजेबाट बेलुकी ५ बजेसम्म उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ । ३४ जिल्लाका २८३ स्थानमा हुन लागेको चुनावमा ३,४ र ६ नं. प्रदेशभित्र उल्लेखित जिल्लाहरु पर्छन । देशका प्रमुख ४ वटा महानरपालिका सहित २८३ स्थानमा हुन लागेको मनोनयन दर्ताका लागी सोमबार अबेरसम्म पनि कतिपय स्थानमा ठुला दलहरुले उम्मेदवारहरुको टुगों लगाउन नसकेपनि मंगलबार विहानसम्म टुंग्याउने बताएका छन् ।

दर्ता भएका उम्मेदवारहरुको बारेमा बैशाख २० मा उजुरी गर्न पाइनेछ भने सोही दिन निर्बाचन आयोगले योग्य रहे नरहेको जाँच समेत गर्नेछ । बैशाख २१ गते उम्मेदवारहरुले नाम फिर्ता लिने र २२ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम रहेको छ ।

प्रधानन्यायधिशमाथि सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले लगाएको महाअभियोग पश्चात चुनावका बारेमा बढेको अन्योलतालाई आजको मनोनयनले हटाउने छ भने प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डले चुनाव कुनै पनि हालतमा सम्पन्न गर्ने बताएका छन् ।

स्थानीय तहको चुनावमा पर्वतका दुइ नगरपालिकाबाट नेपाली, काँग्रेस, नेकपा  एमाले र नेकपा माओवादी विच कडा प्रतिपर्दा हुने भएको छ । कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा शीर्ष दलको कडा प्रतिशपर्दा हुने देखिएको हो । 

 कुश्मा नगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट रामचन्द्र जोशी, नेकपा एमालेबाट मेघनाथ सुवेदी र माओवादी केन्द्रबाट शंकर गिरीले आज निर्वाचन कार्यालयको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गर्दै छन् । जोशी, सेवेदी भन्दा गिरी युवा र जुझारु नेता हुन् । काँग्रेसबाट उठेका रामचन्द्र जोशी सामाजिक क्षेत्रमा क्रियाशिल नेता हुन् भने मघेनाथ सुवेदी जेष्ठ कम्युनिष्ट नेता हुन् ।

 शंकर गिरी युवावर्ग र समय परिवेश अनुसार चल्न सक्ने युवा पुस्ता हुन् । सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका उनी अन्य उम्मेदवार भन्दा कम छैनन् । छोटो समयमा राजनीतिक करियर बनाएका गिरी राजनीतिक शास्त्रका विद्यार्थी समेत हुन् ।


 यस्तै फलेवास नगरपालिकामा नोपाली काँग्रेसको तर्फबाट गंगाधर तिवारी, नेकपा एमालेको तर्फबाट पदमपाणी शर्मा र माओवादी केन्द्रबाट मोती रेग्मीले उम्मेदवारी दर्ता गर्ने भएका छन् । झण्डै २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा पार्टीका तर्फबाट चयन भैसकेका उम्मेदवारहरु चुनावी मैदानमा निकै प्रतिष्पर्धी देखिएका छन् । यसअघि पर्वतका दुई निर्वाचन क्षेत्र मध्ये दोस्रो संविधान सभाको निर्वाचनमा निर्वाचन क्षेत्र नं १ बाट नेपाली काँग्रेस र निर्वाचन क्षेत्र नं २ बाट नेकपा एमालेले विजय हासिल गरेको थियो । 

संविधान सभाको निर्वाचन भन्दा स्थानीय निकायको निर्वाचन कडा प्रतिष्पर्धामा हुने पक्कापक्कि भैसकेको छ । राजनीतिक दलहरुलाई उम्मेदवार चयन गर्न सकस भैरहेका बेला चयन भएका उम्मेदवारहरुले आफ्नो आफ्नो पोल्टामा विजय सुनिश्चित भएको दाबी गर्दै आएका छन् । लामो समयदेखी राजनीतिक क्षेत्रमा सर्म्पित हुँदै आएका उम्मेदवारहरु मतदाता समक्ष मत माग्दै पुगिसकेका छन् । पर्वतमा साना दलहरुको मत निर्णायक बनेको छ । साना दलहरु जोसँग चुनावी एकता गर्दछन् उसैको पोल्टामा विजय सुनिश्चित भएको साना दलका शिर्ष नेताहरुको भनाई छ ।

साना दल मध्ये पर्वतका तीन दल नेकपा माले, (नेकपा (क्रान्तिकारी माओवादी) र राष्ट्रिय जनमोर्चाले चुनावी एकता गरिसकेका छन् । एकताको दल नेकपा (क्रान्तिकारी माओवादी) ले भने देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट स्वतन्त्र उम्मेदवार दिनुपर्ने भएको जनाइएको छ । साना दलहरुले जुन दलसँग एकता गर्दछन् सोही दलको उम्मेदवारले विजय हासिल गर्नसक्ने विश्लेषकहरुले आँकलन गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!