सल्यानमा एमालेले प्रचारका लागि प्रयोग गरेका वोलेरो र मोटरसाइकलमा आगजनी

Posted on: 12 May, 2017


बैशाख २९, सुल्यान । सल्यानमा पार्किङ्घ गरेर राखेका सवारी साधनमाथी विहीवार राती आगजनी गरिएको छ । नेकपा एमाले वागचौर नगरकमीटीले प्रचार प्रसारका लागि प्रयोग गरेका वोलेरो जिप र मोटरसाइकलमा आगजनी गरिएको हो । 

वागचौर नगरपालिका २ वागचौरमा रहेको सनलाइट होटेल अगाडी होटेल अगाडी पार्किङ्घ गरेर राखेको भे १ च १५६२ नम्वरको वोलेरो जिप र रा ३ प ६९९८ नम्वरको मोटरसाइकलमा आगो लगाएर २ जना भागेका थिए । आगलागीबाट जिप तथा मोटरसाइकलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

प्रहरीले घटनाको अनुसन्धान शुरु गरिएको र घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक श्याम वहादुर खत्रीले जानकारी दिएका छन । यसैवीच घटनामा संलग्न दोषीहरुलाई कारवाहीका लागि प्रहरीले खोजी नगरेको भन्दै एमालेले आपत्ती जनाएको छ । 

सवारी साधनमा आगो लाग्न वित्तिकै प्रहरीलाई खवर गरेको भएपनि घटनास्थलमा प्रहरी नपुगेकोले दोषीहरु उम्केको एमालेको आरोप छ । 

चुनाव खारेजीको कुरा गरिरहेको नेपाल कम्युनिष्ट पार्टी सल्यानका जिल्ला इन्चार्ज डिल्लीराज शर्मा विश्वलाई सोध्दा आफुहरुले सल्यानमा आगजनीका कार्यक्रम नगरेको बताएका छन । उनले भने – “हामी एकिकृत जनजागरण तथा रुपान्तरण अभियानमा छौं । यो बेला हामी ३ महिने अभियानको निरन्तरतामा जनताको घरदैलोमा पुगेका छौ । स्थानिय निर्वाचनले देशमा झनै अस्थीरता बढउने भएकाले आफुले खारेजी भने पनि यसैलाई जिवन मरणको सवाल बनाएका छैनौ । ”

उनले संसदवादीहरु आफैमा लडिरहेका बेला उनिहरुले एकआपसमा लडेर त्यो घटना भएकोले आफुहरुलाई आरोप नलगाउन पनि भनेका छन । -रमेश कुमार वलीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!