महिला सहभागिता र शान्तिपुर्ण निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम प्युठानमा सम्पन्न

Posted on: 14 May, 2017


सागर शर्मा/बैशाख ३१, प्युठान । स्थानिय तहको निर्णायक पदमा महिला सहभागिता र शान्तिपुर्ण निर्वाचन विषयक अन्र्तक्रिया कार्यक्रम प्युठानमा सम्पन्न भएको छ । 

मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस र महिला सहयोग मञ्च प्युठानको सयुक्त आयोजनामा अन्र्तक्रिया कार्यक्रम भएको हो । 

कार्यक्रममा स्थानिय तहको निर्वाचनमा मेयर पदमा महिलाको सहभागिता किन भएन, महिलाले मेयर पदमा काम गर्न सक्दैन, किन पार्टीले महिलालाई राम्रो मान्दैन उसलाई उसका अधिकार माथि लडन किन दिदैन , के महिलाको क्षमता नभएको हो ? लगाएतका महिलाका साझा समस्याको  विषयमा छलफल गरिएको थियो । 

कार्यक्रममा पार्टीका प्रतिनिधि तथा आंकाक्षी रुपमा  मेयर तथा उपमेयरमा उठेका र उठने महिलाले छानविन कार्यक्रममा महिलाको सहभागिता नगराई छानविन गरेको दुखेसो पोखे ।  

सहभागी महिलाहरुले पुरुषले वातावरण सिर्जना गरिदिने हुनाले महिला पछि परेको वताए । उनले भने महिलाले पुरुष भन्दा राम्रो काम गरेर देखाउन सक्छ । 

कार्यक्रममा जिल्ला स्थित राजनीति दलका प्रमुख तथा प्रतिनिधि, गैससका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगाएतको उपस्थित रहेको थियो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!