आजदेखि इस्लाम धर्मावलम्बीहरुको रमजान पर्वसुरु

Posted on: 28 May, 2017

मो इमरान खान | जेठ १४, कपिलवस्तु | इस्लाम धर्मावलम्बी मुसलमानहरुको रमजान पर्व आजदेखि सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत अनुसार नवौं महिना ‘रमजानल मुबारक’ मा विश्वभरका इस्लाम धर्मावलम्बी मुसलमानहरु एक महिनासम्म रोजा (व्रत) बस्ने गर्छन । 

आठौं महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोजा बस्न सुरु हुन्छ । इस्लामका पाँच आधार स्तम्भ इमान (आस्था), नमाज (प्रार्थना), हज (तीर्थ), जकात (दान) र कल्मामध्ये रोजा (व्रत) एक खम्बा हो । रमजान महिना दान गर्ने महिना पनि हो । धनाढयले गरिब र विपन्नलाई आर्थिक सहयोग, नयाँ नयाँ कपडाहरु (लुगा), जकात, फित्राहरु आर्थिक सहयोगको रुपमासमेत यस मुबारक महिनामा दान गर्ने गर्छन । रोजा बस्ने व्यक्तिले सूर्योदय हुनुभन्दा झन्डै डेढ घण्टा पहिलेदेखि सूर्यास्त नहुन्जेलसम्म कुनै पनि खानेकुरा यहाँ सम्मा कि पानी समेत सेवन गर्दैनन । 

रोजा (व्रत) बसनेले दिनभरी अल्लाह को तिलावात, अफानो पाक ग्रन्थ कुरान शरिफ को दिन भरी तिलावात (पडने) गर्ने गर्दछन ।  रोजा बस्नाले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, सत्प्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलता लगायतका आचरणमा विकास आउने विश्वास छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!