स्टार प्रालि महेन्द्रनगरका म्यानेजरद्वारा छात्रामाथि यौन दुर्व्यवहार

Posted on: 08 Jun, 2017

जेठ २५, कञ्चनपुर । स्टार स्कुल अफ ट्रेनिङ्ग एण्ड रिसर्च प्रा लि महेन्द्रनगर शाखाका म्यानेजर राज धामी यौन दुव्र्यवहारको लफडामा परेका छन् । 

उनीमाथी आफ्नै एक छात्रा विद्यार्थीलाई जबरजस्तीकरणी गर्न खोजेको आरोप लगाईएको छ । जेठ २० गते पिकनिक खान टीकापुर पार्क गएर महेन्द्रनगर फर्किने क्र्ममा म्यानेजर धामीले स्टार प्रालिमा ब्रिज कोर्ष गरिरहेकी एक छात्रामाथी यौन दुव्र्यवहार गरेको गम्भिर आरोप लगाएको हो ।

बसमा यात्रागरी पिकनिक जाने बेला पटक–पटक उल्टी आई समस्या भएकोले साथीभाई र सबैले  म्यानेजर धामीको मोटरसाईकलमा जान सल्लाह दिएका थिए । ‘बसमा चढ्दा मलाई बमिट हुने भएकाले म म्यानेजर सरको गाडीमा आएकि हुँ, ‘पीडित छात्राले भनिन्, ‘सरसंग आउँदा सुविधा होला भन्दा त यहाँ उल्टै इज्जतै लुट्यो ।’ टीकापुरबाट गोडाघोडीसम्म आउँदा सरले केही नगरेको र राती पर्दा सम्वेदनशील अंगमा छोएर यस्तो मौका मलाई कहिले नआउने भन्दै यौन दुव्र्यवहार गरेको छात्राले बताईन् । 

‘सरले मेरो सम्वेदनशील अंगमा छुदै, जबरजस्ती किस ग¥यो, ‘उनले भनिन्, ‘सर यस्तो नगर्नुस तपाई त म्यानेजर मान्छे हो, भन्दा सरले म्यानेजर त म स्टारको हुँ भन्नुभयो ।’ शारिरीक सम्बन्ध राख्न खोज्दा आफुले इन्कार गरेको समेत ति छात्राले बताइन । नर्सिङ्गको ब्रिजकोर्ष गरिरहेकी ति छात्राले आफुलाई घटनाबारे बाहिर नभन्न समेत चेतावनी दिएका थिए । 

माफुमाथी सरले गरिरहेको दुव्र्यवहार साथीलाई फोन मार्फत म्यासेज गरेको समेत उनले बताईन् । घटना घटेपछि म्यानेजर धामीलाई कक्षामा बोलाएर विद्यार्थीसामु माफि माग्न लगाएका थिए । विद्यार्थीसामु माफिमागेपछि घटना छात्राको घरपरिवारसम्म पुगेको हो । घरपरिवारले थाहापाएपछि बिहीबार परिवार सहित आफन्तले स्टारप्राली घेरेका थिए । 

पीडितकी आमाले आफ्नो सन्तानमाथी भएको घटना असैय भएको भन्दै दोषीलाई कार्बाही गर्न माग गरेकी छिन् । ‘छोरीलाई पढाउन पठाउँदा शिक्षक कर्मचारीबाटै यस्तो घटना भयो, ‘उनले भनिन्, ‘घटनाका सबै दोषीलाई कार्बाही गर्नुपर्छ ।’ घटना मिलाउन आर्थिक प्रलोभन देखाईएको भन्दै पीडितकी आमाले दोसीलाई नछाड्ने चेतावनी दिएकी छिन् । बर्दिया लैजाने भन्दै प्रति विद्यार्थी रु ४ सय संकलन गरेर टीकापुर लगेको विद्यार्थीको गुनासो छ । 

आफुहरु ठगिएको उनीहरुको भनाई छ । स्टारप्रालि महेन्द्रनगरका शाखा म्यानेजर राज धामीले भने छात्रालाई कुनै पनि प्रकारका दुव्र्यवहार नगरेको बताएका छन् । ‘मैले मेरो भाई बहिनीलाई मोटरसाईकलबाट उतारेर उनको स्वास्थ्यको समस्या बुझेर सहयोग गर्न खोजेको हुँ, ‘उनले भने, ‘उनीमाथी यौन दुव्र्यवहार गरेको छैन् ।’ सबै विद्यार्थी शिक्षकको आग्रहमा उनलाई मोटरसाईकलमा बसालेर ल्याएको र राती पढ्दा स्प्रीट चलाउन खोज्दा मैले राम्ररी बस्न आग्रह गरेको उनको भनाई छ । उनलाई सकुशल ल्याएर मदनचोकबाट दाईलाई बुझाएर कोठा गएको धामीको भनाई छ । 

विद्यार्थी संगठनका नेताहरुको सहयोगमा विद्यार्थी पीडित पक्षले स्टारप्रालीमा तालाबन्दी समेत गरेका छन् । नेवि संघका नेता प्रकास थापा, अखिल क्रान्तिकारीका नेता तीलक मालको उपस्थितीमा दोसीलाई कार्बाही र पीडितलाई न्याय नपाउँन्जेलसम्मका लागि प्रालिमा तालाबन्दी गरिएको छ । 

बिहीबार १० बजेतिर ताला बन्दी भएपछि पछिका कक्षा पढ्न आएका विद्यार्थी मारमा परेका छन् । शुल्क तिरेर ब्रिजकोर्ष गरिरहेका विद्यार्थी म्यानेजरका कारण पढाईबाट बञ्चित भएका छन् । शैक्षिक क्षेत्रमा कमाउने धन्दा बनाउदै छात्रामाथी अनैतिक कृयाकलाप गर्ने जो कोहीलाई पछि छुट दिन नहुने कञ्चनपुरका विद्यार्थी संगठनले माग गरेका छन् । 

नेवि संघका प्रकास थापा, अखिल क्रान्तिकारीका अध्यक्ष बिरेन्द्र विष्ट, उपाध्यक्ष कैलाशचन्द्र गिरी, नेता प्रेम रावल, तिलक माल लगायतका नेताहरुले दोसीलाई कानुनी कार्बाही नगरेर कडा आन्दोलन थाल्ने चेतावनी दिएका छन् । वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक टक्कर स्वाँरले कार्बाहीको लागि धामीलाई जिल्ला प्रहरी कार्यालय चलान गरेको बताए । कञ्चनपुर प्रहरीले घटनाको छानबिन भईरहेको जनाएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!