प्यूठानमा फेरि यसरी खाता खोल्यो राष्ट्रिय जनमोर्चाले !

Posted on: 30 Jun, 2017

सलिम अन्सारी/असार १४, प्यूठान । मल्लरानी गाउँपालिकामा अध्यक्षमा अमरध्वजले २३२८ मत लिइ विजयी हासिल गरेका छन् भने उपाध्यक्षमा २३८६ मतका साथ सरिता जिसीले जित हात परेकी छिन् । 

उनका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका इमानसिहं भारतीको १६७२ र सरिता पोख्रेलले १७७० मत ल्याइ व्यहोर्नु परेको छ । ५ वटा वडा रहेको मल्लरानीमा १, २ र ३ मा राष्ट्रिय जनमोर्चा पार्टीको प्यानल विजयी भएको छ ।

 नेपाली कांग्रेसले ४ नम्बर वडा अध्यक्ष कुमार श्रेष्ठले विजयी हासिल गरेका छ भने ५ नम्बर वडामा नेकपा एमालेका राम बहादुर थापाले सहितको प्यानलले विजयी हासिल गरेको छ । यसमा खुल्ला सदस्य कांग्रेसका विजयी भएका छन् । 

प्यूठान नगरपालिकामा राजमो र कांग्रेस विजयी 

प्यूठान । सवैको ध्यान केन्द्रीत भएको प्यूठान नगरपालिका वडा नंं. १० मा राष्ट्रिय जनमोर्चा पार्टीले जित हासिल गरेको छ भने वडा नंं. १ मा नेपाली कांगे्रस वडा अध्यक्षमा विजयी भएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!