सिन्धुपाल्चोकमा बस दुर्घटना: ३६ घाईते, ६ को अवस्था गम्भीर

Posted on: 02 Jul, 2017


असार १८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ठूलोसिरुवारीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । 

आइतवार विहान काठमाडौं जाँदै गरेको बा २ ख २७०२ नम्बरको जुगल यातायात बस साँगाचोकको पोखरेबेसी भन्ने ठाउँमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रवीन्द्रका केसीका अनुसार ३६ जना घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । घाईतेहरुलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको उसपी केसीले खबरडबलीलाई जानकारी दिए । उक्त बस सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!