लिखु गाउँ कार्यपालिका बैठकमा कार्यविधि स्वीकृत र विकास समिति गठन (नामावली सहित)

Posted on: 07 Jul, 2017

प्रज्वल पाैडेल/असार २३, रामेछाप । रामेछापकाे लिखु गाउँ कार्यपालिकाकाे बैठक सम्पन्न भएको छ ।

बिहीबार बसेकाे कार्यपालिकाकाे बैठकले विभिन्न नियमावली स्वीकृत गर्नुका साथै विभिन्न उपसमितिहरू गठन गरेकाे तिल्पुङका वडा अध्यक्ष सुवास बाेहराले जानकारी दिनुभयाे । उहाँका अनुसार बैठकले पदाधिकारीहरुको आचार संहिता २०७४,गाउँ कार्यपालिका (कार्य बिभाजन नियमावली)२०७४,गाउँ कार्यपालिका (कार्यसम्पादन नियमावली) २०७४,गाउँ कार्यपालिका बैठक सन्चालन सम्बन्धी कार्य विधि २०७४ स्वीकृत गरि कार्यान्वयन गर्ने निर्णय गरेकाे छ ।

यसैविच बैठकले विभिन्न उपसमितिहरू गठन गरेकाे छ । बाेहराका अनुसार लिखु गाउँपालिकाकाे बजेट निर्धारण समिति संयोजकमा गोबिन्द बहादुर खड्का, राजस्व परामर्श समिती र योजना तर्जुमा समितिकाे संयोजकमा दिपशिखा दाहाल रहनुभएकाे छ । त्यसैगरी बैठकले विभिन्न बिषयगत समितिकाे गठन गरि संयाेजकहरूलाई जिम्मेवारी ताेकेकाे छ ।

बैठकले सामाजिक विकास समितिका संयाेजकमा सुवास बोहरा, सार्बजनिक सेवा तथा क्षमता विकास समितिकाे संयोजकमा यम बहादुर महत, आर्थिक विकास समिति संयाेजकमा शिव प्रसाद न्यौपाने, पुर्बाधार विकास समिति संयोजकमा सोम बहादुर तामाङ, विधेयक समिति संयोजकमा लिला बहादुर बस्नेत र वातावरण तथा बिपत व्यवस्थापन समिति संयोजकमा निङ्ममार तामाङलाई जिम्मेवारी दिएकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!