९३ केजी यार्सागुम्बा निर्यात, राजश्वमा पनि गिरावट

Posted on: 24 Jul, 2017


टेक शाही/साउन ९, डोल्पा । गत आर्थिक बर्ष ०७३/०७४ मा जडिबुटिबाट उठ्ने राजस्वमा गिरावट आएको छ । 

जिल्ला बन कार्यालय डोल्पाका अनुसार यार्सागुम्बा र अन्य जडिबटी गरेर जम्मा ९९ लाख ४७ हजार ३ सय ३६ रुपैया सँकलन भएको छ । 

असार मसान्त सम्म डोल्पाबाट जम्मा ९३ किलोग्राम निर्यात भएको र गत बर्ष आर्थिक बर्षमा २ सय ४५ किलोग्राम यार्सागुम्बा निर्यात भएकाजिल्ला बन कार्यालयको तथ्याँङ्कमा उल्लेख छ । 


यार्सागुम्बा प्रति किलो १२ लाख देखि १८ लाख सम्ममा खरिद बिक्रि गरिदै आएको स्थानिय यार्सागुम्बा ब्यापारि धनचन्द्र बैजिले बताए । बैजिका अनुसार अघिल्लो बर्षको तुलनामा यस बर्ष अन्तराष्ट्रिय बजारमा यार्साको मुल्य नँभएको कारण डोल्पामा पनि खरिद बिक्रि कमै भएको जानकारि दिए । 

सरकारले ब्यापारिबाट प्रति किलोग्राम २५ हजारका दरले राजस्व सँकलन गर्ने गरेको छ । प्रति किलोग्राम २५ हजारका दरले ९३ केजीको ५४ लाख ६८ हजार ७ सय ५० रुपैया सँकलन भएको थियो । 


यस बाहेक कुटुकि, जटामसि, गुच्छी च्याउ लगायत अन्य २० प्रजातिका जडिवुटीको राजस्व र अन्य सेवा शुल्को राजस्व गरि कुल ९९ लाख ४७ हजार ३ सय ३६ रुपैया जम्मा भएको बन रक्षक दिपक खत्रिले जानकारि दिए । खत्रिले भने गत आर्थिक बर्षमा २ सय ४५ किलो यार्सागुम्बाको २५ हजारका दरले ६१ लाख २५ हजार राजस्व जम्मा भएको बताए । 

 जिल्ला भित्रका बिभिन्न जडिवुटिबाट सँकलन भएको कुल रकमको ५ प्रतिशत रकम जिल्ला समन्वय समितिमा आन्तरिक आम्दानीमा जम्मा हुने गरेको र अन्य राजस्व रकम राजस्व शिर्षकको खातामा जम्मा हुने रेञ्जर दिपक श्रेष्ठले बताए । श्रेष्ठले गत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षमा यार्सा गुम्बाको राजस्वमा गिरावट आएको बताए । 


यार्सागुम्बा डोल्पालीको मूख्य आम्दानीको श्रोत हो । डोल्पा जिल्लाका माझफाल, रह, काईगाँउ र माथिल्लो डोल्पाका सबै पाटनमा पाइन्छ । यार्सागुम्बा, कुटुकी, जटामसि,सुगन्धवाल, गुच्छी च्याउ, पदमचाल, डालेचुक अन्य थुप्रै किसिमका जडिबुटी पनि डोल्पामा पाइन्छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!