चितुवा मृत अवस्थामा

Posted on: 26 Jul, 2017

सास । साउन ११, बदिया ।

गुलरिया नगरपालिका वडा नं. ५ वालपुरमा एक वयस्क चितुवा मृत अवस्थामा भेटिएको छ ।

तस्वीर : विदिशा याेगीको फेसबुक वालबाट साभार ।

आज विहान चितुवा मृत अवस्थामा फेला परेको स्थानीय विदिशा योगीले जानकारी दिनुभएको छ । राधाकृष्ण सामुदायिक वनमा चितुवा मरेको अवस्थामा भेटिएपछि स्थानीयहरु हेर्न गएका थिए । 

अहिले चितुवाको संख्या वृद्धि भैरहेको र सामुदायिक वनहरुमा फैलिँदै गएको वताउनुहुँदै आफूलाई पनि जानकारी आएको तर यसको मृत्यूको कारणबारे जानकारी नभएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले बताउनुभयो । यसको व्यवस्थापन जिल्ला वन कार्यालयबाट नै गरिने समेत वहाँले साझा सबाललाई जानकारी गराउनुभयो । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!