वहिनीको अभावमा म रोएको त्यो दिन...

Posted on: 28 Jul, 2017


प्रेम सुनार/साउन १३, गुल्मी । छोराको अभावमा एक आमाले १५ सन्तान सम्म  जन्माएको  रिर्पोटिङ्ग केहि दिन अघि म आफैले गरे तर छोरीका अभावमा मेरो आमाले सात वटा छोरा पाउनु भयो । २ वटा खेर गए ५ भाई रह्यौं । सात सन्तान जन्मिदा पनि हामीले वहिनी पाउन सकेनौं । अघि पछि भन्दा पनि रक्षा बन्धन , तिज र तिहारमा दिदी वहिनीको अभावले भुटु भक्कानीदो रहेछ । 

त्यसो अभाव पुरा गराई दिएका थिए मेरा तिन फुपुहरुले । फुपुहरु वाउ आमा भन्दा प्यारा हुँदा रहेछन् । उनिहरुका लागि भदै माईतीको सवै भन्दा प्यारो सदस्य हुँदो रहेछ । मेरो वाल्यपन कालमा सोलीमा रोटी लगायतको पाहुर बोक्ने चलन थियो । आज दिदी आई रहेकी छिन भन्ने थाह पाए पछि केटाकेटीपनको छुचो वानी त भई हाल्यो पुगिन्थ्यो विचबाटैमा हाम्फालेर लिन ।  हामीलाई बाटैमा दिने रोटी र विराम्ला वेग्लै पोकामा हुन्थ्यो । त्यस पछि  फलानी दिदी आईन भन्दै चिच्चाएर गाउँलाई सुनाउँदै सोली बोकरे घरमा आईन्थ्यो ।

लेपस्सीएर काँखमा बस्न पाउनुको त्यो स्नेह आमाको काख भन्दा बढि हुन्थ्यो । म १४ वर्षको उमेर देखि काठमाण्डौं मै हुर्के बसेको मान्छे हुँ कान्देही ( कान्छी फुपु )  र फुवाजु संग । उहाँ नेपाली सेनामा हुनुहुन्थ्यो । उहाँहरुकै  साथ सहयोगबाट पढ्ने देखि सरकारी जागिर सम्म खान पाउने अवसर पाएको थिएँ । पछि फुवुहरु नवलपरासीको प्रगतीनगर सर्नु भयो । म काठमाण्डौंमा आमा विनाको टुहुरो जस्तै भएँ र अश्रृधारा बगाएँ । 

हाम्रो गाउँमा त्यति वेला दिदी वहिनीहरुबाट राखी बान्ने चलन खासै  नभए पनि हामी काठमाण्डौंमा बसेकोले राखी बान्ने गर्दथ्यौं । एक वर्षको राखी बान्ने दिन हामीले मिथुन चक्रवतीको ‘प्यारी वेहना’ नामक हिन्दी फिल्म हे¥यौं । ओ..प्यारी वहिनी ... गीत सुन्न थाले पछि मेरो गहभरिए ।  त्यसले दिदीको मन दुखेछ आखिर मैले यसलाई एउटी वहिनी र दिदीको मायाँ दिन सकेको रहेनछु र उसले आफ्नो वहिनीको अभाव महशुस ग¥यो भन्ने उहाँलाई लागेछ । मलाई आफै त्यतिकै आँशु आएको हो । मेरो पनि वहिनी भई दिएको भए हुन्थ्यो नि भन्ने  सोचेर होईन । त्यो फिल्मका प्रत्येक डाईलग  म अहिले पनि सम्झीन्छु र त्यो गीत अहिले पनि म यस्तै सन्र्धभमा गुनगुनाउँ छु । 

यसरी कान्देही र म  तिज दशै तिहार लगायतका चाड पर्वमा केहि वर्ष टार्ढै भए पनि भेटघाट भई रहेकै थियो । तर अल्पआयु मै उहाँको निधन भयो । परिस्थती त्यस्तो माया गर्ने दिदीको अन्त्यष्टीमा समेत जान पाईन् । क्रमशःठुल्देई , माईल्देई सवैलाई गुमाईयो । अहिले त हामीले ठुली आमाका छोरीहरु , सानी आमा र तम्घास भुजेलखर्ककै पुष्पा पन्थी वहिनीको हातबाट  टिका लगाउँन थाल्यौं । आज विहान पनि पुष्पा वहिनीले मलाई सम्झीनु भयो । तर फुवुहरु गुमाएको केहि वर्षका तिज दशै तिहारमा  ।

हामी सवै भाइ एक्ला एक्लै मुटु भक्कानाएर बस्यौं । सवैका चेली पारी देखि नै बोलाउँदै आउने ,  अलि तल सम्म लिन जाने, हामी पनि कुनै दिन फुवुहरुलाई लिन जाने गरेको स्मरणले गह भरिन्थ्यो । यो दिदी वहिनी भन्ने जातले एकचोटी अर्काको घर पठाउने क्रममा मात्र होईन हरेक तिज दशै तिहरा र जनपुर्णीमा अनि शोक र हर्ष बढाईएको बेला आएनन भने झन बढि रुहाउँदो रहेछन् । 

उनिहरुका शेखा पछि उनिहरुको सङ्गामा उनिहरुका छोरा छोरी आई दिए पनि  दुरुस्तै उनिहरु फुपुहरुको मुहार झल्कीदै रहेछ । दुर्भाग्य झण्डै दश वर्ष सम्म मेरा आमाको मानसिक सन्तुलन विग्रे पछि हरेक चाड वर्प मेसोना घाटाको हुँदो रहेछ । 

चाड पर्व आए जस्तो पनि नहुने त्यसैले भान्जा  भान्जीहरु पनि विरलै आउन थाले  दई वर्ष अघि आमाको मृत्यु भयो । केहि महिना अघि वुवाको मृत्यु भयो ।  छोरा भन्ने जात सारो मन भएर हो कि वा मन थाम्नै पर्ने भएर हो ।

हामी सवै भाई  डाको छाडेर जति रुन मन थियो सकिएन । आमा वुवाको दुवै मृत्युमा मेरो घरमा रुवावासीको अभाव देखियो । मेरै घर मुन्तीर मेरो ठुली आमा पनि सिकिस्त हुनुहुन्थ्यो मेरो वुवा वित्ने वेलामा । 

हाम्रो घरमो मोरो परी सक्दा समेत रुने कुनै चेली वेटी थिएनन् । ठुली आमाका छोरीहरु जिवित आमा लामो सास मात्रै फेर्दा पनि डोको छाडेको छाडै गर्दथे । मैले ईस्र्या गरेको होईन छोरी दिदी वहिनीहरुको अभावको  पिडा व्यक्त गरेको हुँ । खुुशीका दिन छोरी त्यो घरको मुटु , दुख र शोकका वेलामा छोरी त्यो घरको आँशु हुँदा रहेछन् । एक भाई त छैनन् ।

हामी चारै भाई यसपाली वुवाको कुनोमा थियौं । तल ठुली आमा यस्सो केहि भयो कि आमा....भन्दै चिच्चाउन थाल्छन । मैले सोचि रहे मेरो आमाले सात भाई छोरा जन्माउने बेला सम्म छोरी त्यसै कुरेको रहेन छ । 

ग्वालीचौर ठुली आमाकी छोरी छन जस्ले लामो समय सम्म मेरो आमा वुवालाई छोरीको धोक मेटाई रहेकी थिईन । यसपाली त उनै दिदीको  पाहुनाको रुपमा पछि आईन् । १३ दिने कुनाको तेश्रो दिनको कुरा थियो , मेरा यिनै कुराले आँखा रसाए । 

भाईहरुलाई आँशु देखाउन गाह्रो भयो । जुरुक्क उठेर घर पछाडी एकान्तमा धोको फेरेर आँशु बगाएँ । आखिर छोराको जात वाउ आमा संग अंशपातमा रिस फेर्ने । 

उस्तै मुर्ख छोराले डिङनो मुड्की लगाउन पनि बेर नलाउने । श्रीमति टिपेर बेग्लै बस्ने । र वाउ आमालाई त्यही बुढो घर कुरुवा मात्रै बनाउने पो रहेछ भन्ने मैले महशुस गरे । 

हुन त वुवा अलि सिकिस्त हुन साथ तम्घास पाल्पा हुँदै काठमाण्डौ पनि पुराएका थियौ । तर मलाई सधैको भ्याई नभ्याईले अलि बिशेक भए पछि भाईहरुको साथ लगाएर फर्किएँ । 

निको भएर पनि वाहिर ल्याएका थिए भाईहरुले ल सञ्चो भयो भनेर उहाँ आफुले पनि फोनमा भन्नु भयो तर अर्को दिन हामीलाई झुक्काउनु भयो । मैले मुख देख्न समेत पाईन् । म निष्ठुरे छोरो भएर होला, छोरी भई दिएको भए सातै काम छाडेर पनि बस्थे होला काठमाण्डौं भन्दै मेरा त्यति वेला निकै आँशु खसेका थिए । यसर्थ म दिदी वहिनी विहिन भन्छु कुनै पनि घर बरु छोरा विहिन बनोस तर छोरी विहिन नवनोस ।

‘छोरा घरको विनाभरको । छोरी घरको आर्जन भएभरको ।’  कतिपय बेला यसो भन्दै मेरो हजुर आमा थन्थनाउने गरेको सुनेको थिएँ । साच्ची नै छोरीहरुले सानै देखि आर्जन खुवाउँछन् । आमाको  दहिने हात बन्छन् । 

अर्काको घर लागे पछि  पनि मिठो चोखो वावु आमाको मुखा नपारी उनिहरुलाई निलिन्न तर अधिकांस छोराहरु मनमुटवाबाट  छुट्टिएर बसेको भए  वावु आमालाई देखाउँदै र लोभाउँदै एक्लै खान्छन । अन्यथा नलागोस म शुभकामना व्यक्त गर्छु तपाईको पहिलो सन्तान छोरी जन्मिओस् । छोरी लक्ष्मी हुन् ।

छोरी घरको गहना हुन र छोरी वावु आमा मर्ने बेला पछि उनिहरुका मृत आत्माका धड्कन प्रतिनिधी हुन् ।  

दाजु भाईका लागि पनि दिदी वहिनी त्यस्तै धड्कन हुन् ।  यो जुनि नसही म  अर्को जुनी म कसैको काँखमा जन्मिने हुँ भने पहिला मैले कल्पना गरे जस्तै दिदी पहिला जन्मेर म जन्मिन परोस् वस.. मलाई  दाजु भनेर माया गर्ने  हरेक वहिनी र मलाई भाई भनेर माया गर्ने हरेक त्यही मैले कामना गरेको वहिनी वा दिदीको जतिकै माया र श्रद्धा दर्शाउँदै त्यो मनको हातले   यो मन नाडीमा  बाँध्धै रक्षा बन्धनको हार्दिक शुभकामना व्यक्त गर्दछु । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!