दलित, जनजाति र महिला आरक्षणमा मात्र सिमित हुनुहुँदैन: नगरप्रमुख थापा मगर

Posted on: 12 Aug, 2017


साउन २८, रामेछाप । नगर दलित एकता सञ्जाल रामेछापको प्रथम साधारण सभा शनिवार रामेछापको गौरीशकर क्याम्पस सभाहलमा सम्पन्न भएको छ । सञ्जालका अध्यक्ष ज्ञानबहादुर विकको सभाध्यक्षमा भएको उक्त कार्यक्रमको रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापाले मैन बत्ति बालेर उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले परिवर्तित अहिलेको परिबेशमा दलित, जनजाति, महिला भन्दै आरक्षणमा मात्र सिमित हुन नहुने बताउनुभयो । उहाँले अब सबै क्षेत्रमा सवै जातजाति प्रतिस्पर्धामा आउनुपर्ने भन्दै आरक्षणको खोजि गरेर आफ्नो कमजोरीपना देखाउन नहुने बताउनु भयो ।

कार्यक्रममा कार्यक्रममा वक्ताहरूले  दलित अधिकारको बारेमा आ–आफ्नो धारणा राखेका थिए । साेहि कार्यक्रममा दलित समुदायबाट स्थानिय तहकोमा निर्वाचन निर्वाचित प्रतिनिधिहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

साधारण सभाले समिता विश्वकर्माको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश तारा बहादुर विश्वकर्मा, दिपक नेपाली, सेर बहादुर सार्की र सुनमाला विश्वकर्मा रहेका छन् । 

सदस्यहरुमा विनोद कटुवाल, अम्बर विश्वकर्मा, बालकुमारी विश्वकर्मा, तेजबहादुर कालिकोटे, सिताराम लोहनी र लालकुमारी विश्वकर्मा चुनिएका छन् ।

यसैविच नेपाल मगर संघ रामेछाप नगर समितिको प्रथम भेला शनिवारै रामेछाप बजारमा सम्पन्न भएको छ । समितिका संयोजक राजुकुमार मगरको अध्यक्षता एवं नगरपालिका प्रमुख नरबहादुर थापा मगरको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मगर समुदायको झाकी सहित विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुले आ–आफ्नो कला प्रस्तुत गरिएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!