बिहिबार प्रधानमन्त्री देउवा पुलको शिलान्यास गर्न महेन्द्रनगर आउँदै

Posted on: 30 Aug, 2017


भदौ १४, कञ्चनपुर | भदौ १५ गते महाकाली नदीमा बन्ने पुलको शिलान्यास गर्न प्रधानमन्त्री शेर बहादुर देउवा आउनु हुने भएको छ । 

महाकाली नदीमा झोलुङ्गे पुलको हालको स्थान भन्दा २.५ किलो मिटर माथि र शारदा व्यारेज भन्दा ५.५ किलोमिटर भन्दा तल भिमदत्त नगरपालिकाको वडा नं. १२ ओदालीमा निर्माण गर्न लागेको पुल महाकालीपारी महाकाली नगरपालिका स्थित दोधारा चाँदनी वडा नं. १ सम्ममा ८०० मिटर  चार लेनको पुल बन्न लागेको हो । उक्त पुल सँगै भिमदत्त नगरपालिकाको गड्डाचौकि देखि लिएर दोधारा चाँदनीको मलेरिया नाला सम्म ७.८ किलो मिटर चार लेनको हाइवेरोड र अन्य तिन पुल बन्ने भएको छ । चालु आ.व.०७४/०७५ मा रु ९९ करोडको विनियोजन भएको छ । निर्माण अवधि ३ वर्ष तोकिएको उक्त पुलको सम्झौता ३ अरब २७ करोड ९३ लाख ३४ हजार ४ सय ९१ रुपैया रहेको छ ।

उक्त पुल निमार्ण भए सँगै भारतका ठुला सहरहरु सँग जोडिनुको साथै व्यापार व्यवसाय गर्न पनि सजिलो हुने र महाकाली नगरपालिकामा डाइपोट बन्ने पत्रकार सम्मेलनमा पूर्व भौतिक तथा यातायात मन्त्री रमेश लेखकले बताउनु भयो । 

पत्रकार महासंघको अध्यक्षता आयोजनामा भएको सम्मेलनमा पत्रकार महासघंका जिल्ला अध्यक्ष विष्णु अवस्थीले गनु भएको थियो भने प्रमुख अतिथी पूर्व भौतिक तथा यातायात मन्त्री रमेश लेखक हुनुहुन्थ्यो । सो कार्यक्रममा सञ्चालन पत्रकार महांसघका जिल्ला सचिव अमर बहादुर चन्दले गर्नु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!