हुम्लाको भर्जिन सुन्दरतालाई २४ तस्विरमा हेर्नुहोस

Posted on: 31 Aug, 2017

रेशम राज रोकाया/भदौ १५, हुम्ला  । नेपालको उत्तरी भेगको अन्तिम चिन सिमा पर्ने जिल्ला हो ।

केरा, सुन्तला, अंगुर फल्ने ठाउँ देखी सुन्दर हिमालको काखमा फल्ने नाफल (उच्च हिमालमा फल्ने गहुँ), त्यसै गरी अन्य जिल्लामा फल्ने गहुँ, धानलगायतको खेती गर्न सकिने एकमात्र अर्गानिक जिल्ला हो । 

यहाँ आउनको लागि नेपालगञ्ज वा सुर्खेतबाट हवाई यात्रा गर्न सकिन्छ । नेपालगञ्जबाट ४५ मिनेट र सुर्खेतबाट ३८ देखी ४० मिनेटको हावाई यात्रामा यहाँ पुग्न सकिन्छ । हिउँदमा हिउँ र वर्षा याममा अत्याधिक वर्षा भएतापनि कहिल्यै साह्रै गर्मीको महशुस यस जिल्लामा गर्न सकिँदैन । 

हरेक वर्ष पर्यटकको घुईचो हुने यस जिल्लामा हाल भारतिय तिर्थयात्रीले यस ठाउँलाई केन्द्र बनाई तिब्बतको मानसरोवर ताल दर्शन गर्नको लागि मूख्य ठाउँ मानिएको छ । सडक यातायातले नछोईएको यो जिल्ला हाल प्राकृतिक सुन्दरता, अर्गानिक खाने कुरा, पृथक चालचलन देशकै अत्याधिक मिठो स्याउ उत्पादन केन्द्रको रुपमा विकसित भएको पाईन्छ ।

यार्सागोम्बा, पाँचऔंले लगायतका बहुमूल्य जडिबुटीसहित धेरै प्रजातीका वनस्पतीको प्रख्यात ठाउँको रुपमा हुम्लालाई लिएको पाईएको छ ।

हुम्लाको सुन्दर गाउँलिमाटाँग: सदरमुकामसिमिकोटबाट ३ घण्टाको पैदलयात्रामापुग्न सकिन्छ ।

उच्च हिमाली भेगमा पुजाको लागि लेक नलागोस् भनेर पुजा गरिने स्थल, जो अधिकाँश उच्च हिमालमा निर्माण गरिन्छ ।


बौद्ध धर्मावलम्बीको पवित्र तिर्थस्थल रल्लिङ्गगोम्बा: हरेक बुद्धजयन्तीको दिन जिल्लाभरका भक्तालुले दर्शन गर्ने गर्दछन् ।


च्याछहरा मार्ग: हाल ट्रयाक ओपनिङ्गको कार्य भईरहेको छ । यो बाटो निर्माण गरिएमा चिन नेपालको अधिकाँश खण्ड हुम्लाको सदरमुकाम सिमिकोट जोडिनेछ । 


हुम्लाका ट्रक:  यस्ता भेडाबाख्राबाट मालसामान चिनको ताक्लाकोट लगायत अन्य ठाउँबाट निर्यात गरिन्छ ।


सुन्दर नेपाल चिन: नेपालको यो ठाउँबाट चिन सिमा हिल्सा क्रस गर्नको लागि यहि बाटो भएर जानु पर्दछ ।


हुम्लाको उत्तरी लिमी उपत्यका: हरेक वर्ष सयौंको संख्यामा पर्यटक घुम्ने गर्दछन् । हिमाली चौंरी, वन्यजन्तु, चराचुरुङ्गी, पुतली, वनपैदावारको लागि अत्न्तै राम्रो गन्तव्यस्थल मानिन्छ । विश्वमा नभएका जनावर, पशुपंछीको वासस्थान हो ।


पर्यटकको वासस्थान: यसरी टेण्ट टाँगेर हप्तौं हुम्लाका विभिन्न स्थलमा आनन्द लिने गर्दछन् ।


लिमीमा रहेको ताल: हुम्लाका उच्च हिमाली खोँचमा यस्ता  थुप्रै ताल रहेका छन्, जसको कुनै आँकडा छैन, भनिन्छ २७५ को हाराहारीमा यस्ता ताल रहेका छन् ।


सुन्दर हिमताल ।


उच्च हिमाली भेग, बाह्रै महिना हिमपात र अत्याधिक चिसो हुने गर्दछ ।


हिमालको नजिक: हुम्लामा यस्ता हिमाल छन् जहाँ पर्यटक नजिकैबाट नियाल्न चाहन्छन् तर यस्ता हिमालको नजिक गएर हेर्न पर्यटकले लाखौंको रकम खर्च गर्ने गरेका छन् ।


पर्यटक तथा अन्य प्राकृतिक प्रकोप भएमा प्रयोगमा आउने हेलिकोप्टर । यो हेलिकोप्टर विगत ३ वर्षअघि हुम्लाको पुमा भन्ने गाउँमा आगलागीहुँदा १५ जना घाईते र ३ जनाले अकालमा मृत्यु भएको बेला नेपाली सेनाको हलकोप्टरले उद्दार गरेको थियो ।


लडेदह: सिमिकोट उत्तरमा रहेको लडेदह ।


घट्ट: अन्नबाली पिस्नको लागि पुरानो प्रविधिको घट्ट ।


लिमीको यो सुन्दर स्वागतद्धार: लामा वस्तीनजिकै आउादा यस्ता खालका धार्मिक स्वागतद्धार हरेक गाउँमा निर्माण गरिएको पाईन्छ ।


मोटरबाटो: चिन नेपाल जोड्नको लागि हाल निर्माणधिन रहेको हिल्सा सिमिकोट मोटर बाटो खण्ड ।


हुम्लाका पुरातन शैलीमा निर्माण गरिएका घर । हुम्लाको सबैजस्तो बस्तीमा यस्ता खालका घर निर्माण गरिएको हुन्छ ।


हुम्लाको नाम्खा गाउँपालिकामा रहेको नाम्खा ख्योङ्गजोम् गोम्बा: यो तस्विर करिब १२ वर्ष अघिको हो । हाल यो गोम्बा आसपासमा अन्य सहायक गोम्बा, बौद्धमार्गीको वासस्थान कुटीलगायतको संरचना हाल निर्माण गरिएको छ । बुद्ध .जयन्तीको दिन जिल्लाभरका बौद्ध धर्मावलम्बी यहाँ पुगेर पुजाआजा गर्ने गर्दछन् ।


चौंरीगाईका बाछा: लिमी उपत्यका उद्गम भएका चौंरीले हरेक वर्ष यस्ता खालका बाछा पाउने गरेका छन् ।


चिन सिमामा रहेको यारी गाउँ, नाफलको केन्द्र: उच्च हिमाली भेगमा पाक्ने गहुँ सायद नेपालको यहि ठाउँमा मात्र खेती गरिन्छ । यस्तै उच्च ठाउँमा तोरी यहिँ फल्ने गरेको कृषिविदको भनाई रहको छ ।


हिमालको चुचुरोमा धर्मावलम्बीले रोग, भोग र शोक व्यहोर्न नपरोस् भन्नको लागि पुरातन शैलीमा थुप्रै यस्ता गुम्बा लगाउने चलन छ । हुम्लामा १ हजार भन्दा बढी यस्ता गुम्बा हिमालको चुचुरोमा बनाएको पाईन्छ ।


चौरी गाईको खप्पर: चौंरी गाइ मरेपछि यसको खप्परलाई घरमा सुन्दर पेन्टिङ्ग गरेर सजाउने चलन रहेको छ ।


उच्च हिमाली भेगमा पाईने फुल: यस्ता विभिन्न प्रजातीका फुलहरुले सुन्दरता बढाउने गरिएको पाईन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!