खुल्यो रहस्य ! भत्किनुको कारण यस्तो पो रहेछ !

Posted on: 31 Aug, 2017

प्रभात सुवेदी । भदौ १५, बर्दिया ।

दुई वर्ष अघि पनि साउन २९ गतेकै दिन आएको बाढीले क्षतविक्षत बनाएका भौतिक संरचनाहरु पुनर्निमाण सम्पन्न नुहँदै यसपाली आएको बाढीका कारण पनि जिल्लामा अधिक भौतिक संरचनाहरु यसरी अस्तव्यस्त बनेका छन् ।

खासगरी जिल्ला सदरमुकाम जोड्ने नेपालगञ्ज गुलरिया हुलाकी सडकको अवस्था निकै दयनीय बनेको छ । नजिकै रहेको भादा नदीको पुलको पनि समयमा नै विकल्प नखोजिए यसको भविष्य पनि अन्यौल रहेको विज्ञहरुको भनाइ रहेको छ । भौतिक संरचनाहरु निर्माण गरिँदा दीर्घकालीन सोच नराखीकन बनाइनु र कमजोर संरचनाहरुलाई असारे बजेट सक्न मर्मतका नाममा भत्काएर बनाउन खोज्दा गुणस्तरको ख्याल नगरिनुले नै सानोतिनो पानीको बहावका कारणले नै सडकहरु भत्केका छन् ।

केही वर्ष अघि मात्रै सामान्य विस्तार गरिएको सडकलाई भादा नदीको पुल पारी झण्डै ५ सय मिटर जति विस्तारका नाममा गत जेठमा यसरी भत्काइएको थियो । (हे. तस्बीर)


भत्काइएको लामो समयपछि बल्लतल्ल निर्माण सम्पन्न हुनै लाग्दा आएको बाढीले भत्काएको भाग जस्ताको तस्तै बनाइदिएको छ । (हे. तस्वीर)


यसबाट के प्रष्ट हुन्छ भने शुरुमा बनेका संरचाहरुको तुलनामा पछिल्ला चरणमा बनेका भौतिक संरचनाहरु निकै गुणस्तरहिन र अत्यन्तै कमजोर बनाइने गरिएका छन् । यसको दोषी को ? त्यसैले विकासको मूल पूर्वाधार भनेको सडक तथा यातायात नै भएका कारण यस्ता संरचनाहरु निर्माण गर्दा विशेष जननिगरानीका साथ गरिनु पर्दछ । 

बबई क्याम्पस नजिक रहेको सरयू खोलाको पुल २ वर्ष अघिकै बाढीले भत्काएतापनि हालसम्म निर्माण कार्य शुरु भएतापनि जुका गतिमा काम भैरहेकोले अझै कति बाढी यो पुल निर्माण स्थलले भोग्ने हो थाहा छैन । २०७१ सालको बाढीले यसरी भत्काएको पुलको ठाउँमा बनाइएको डाइभर्सनबाट यात्रा गरिरहन बाद्य छन् यात्रुहरु । हाल यो पुल पूर्ण रुपले भत्काइएतापनि निर्माणको कामले गति लिन सकेको छैन ।

 

मधुवन नगरपालिका र पदनाह जोड्ने झोलुङ्गे पुल पनि निर्माण सम्पन्न भएको २९ दिनपछि औपचारिक उद्घाटन हुन नपाउँदै ०७१ को बाढीले बगाएको थियो । यसका अस्थिपञ्जरहरु मात्रै नदीको तटमा यत्रतत्र मिल्किरहेका अवस्था छ । (हे. तस्वीर साभार) 


हालैको बाढीले निर्माण सम्पन्न भएर हस्तान्तरण नुहुँदै गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्धीघाटको पुलको पिलर भासिएर आवागमन नै वन्द भएपछि यो पुल निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनप्रति नै आशंका गरेर सरकाले छानवीनको कार्य अगाडि बढाएको छ भने निज कम्पनीलाई पुल निर्माणको क्षतिपूर्ति भराउनुपर्ने र कम्पनीको दर्ता खारेजी गर्नुपर्ने माग स्थानीयको छ । पुलमात्रै हैन पुल निर्माण गरिएको स्थानमा तयार गरिएको फाउण्डेसन पनि यसरी चर्किएको छ । यसको भविष्य पनि अन्यौल छ । (हे. तस्वीर)



यसरी निर्माणका कामहरु गरिने हो भने विकासको सन्दर्भमा यो मुलुक कहिले उभो लाग्ने हो ठेगान छैन । 

अर्को लाजको मर्दो कुरा के भने भुरीगाउँ मुर्तिहा नाका जोड्ने हुलाकी सडक तत्कालीन यातायात मन्त्री रमेश लेखकले शिलन्यास गरेको महिनौ वित्दा पनि काम हुन सकेको छैन । सडकको दूरावस्थाका कारण गुलरिया नगरपालिका हुँदै मधुवन तथा ठाकुरबाबा नगरपालिका तथा राजापुर जाने यात्रुहरुलाई निकै सकस परेको छ । कहिले हिलो, कहिले ताल तथा कहिले धुलाम्मे हुँदा यात्रुहरुलाई अत्यन्तै सास्ती भएको छ ।

 बाटोको अवस्था तस्वीर : दयाराम भारद्धाजको वालबाट 

त्यसैले जनप्रतिनिधीको नेतृत्व पाइसकेको जिल्लाबाट यसैपटक तीन जना मन्त्रीहरु सरकारमा रहेको अवस्थामा बर्दियाली जनताले दीर्घकालीन तथा बलिया विकासका पूर्वाधारहरु नपाएमा ठुलो अभिसाप हुने र दशकौं सम्म पनि बर्दियाली जनताले यसैगरी सास्ती भोगीरहने निश्चित देखिन्छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!