दार्चुलाबाट काँग्रेस केन्द्रीय सदस्य बडु प्रतिनिधि सभाको लागी सर्वसम्मत किन भएनन् ?

Posted on: 05 Oct, 2017

लोकेन्द्र प्रशाद जोशी/असोज १९, दार्चुला । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्व राज्य मन्त्री दिलेन्द्र प्रसाद बडु दार्चुलाबाट प्रतिनिधिसभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार हुन सकेका छैनन् । 


नेपाली काग्रेस दार्चुलाको दुइ दिनसम्म चलेको जिल्ला कार्यसमिति बैठकमा उहाँको नाम सर्वसम्मत हुन नसकेको हो । प्रतिनिधि सदस्यका लागि काग्रेस नेता एवं पूर्व जिल्ला कार्यसमिति सचिव गौरीशंकर गिरीले समेत उम्मेदवारी दर्ता गरेपछि बडु सर्वसम्मत हुन नसकेका हुन् । गिरी दार्चुलामा संस्थापन पक्ष अर्थात देउवा समूहका हुन् ।

प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ ४ जनाको नाम केन्द्रमा पठाइएको छ । समानुपातिकका लागि जनजाती कोटामा नेपाली काग्रेसका जिल्ला सभापति ललितसिंह बोहरा, दलिततर्फ पुर्व महाधिवेशन प्रतिनिधि जयराम टमटा, खुल्लातर्फ महासमिति सदस्य विक्रमसिंह धामी र पुर्व जिल्ला सभापति महादेव बडुको नाम सिफारिस भएको छ । काग्रेस जिल्ला कार्यसमितिले बैठकले प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारी दाबी गर्ने ४७ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।

प्रदेश सभाको लागि निर्वाचन क्षेत्र नम्बर १ का लागि प्रत्यक्षतर्फ १५ जना र समानुपातिकतर्फ १७ जनाको नाम सिफारिस भएको छ । भने निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ ४ तथा समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस भएको काग्रेश दार्चुलाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!