प्रतिनिधी र प्रदेश सभाका लागी एमाले अछामद्वारा ३५ जनाको नाम सिफारिस (नामावलीसहीत)

Posted on: 05 Oct, 2017

कमल रावल/असोज १९, अछाम । नेकपा एमाले जिल्ला कमिटी अछामले प्रतिनिधी सभा र प्रदेश सभा सदस्यका प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेद्धारको नामावलि सिफारिस गरेको छ । 

जिल्ला कमिटी अध्यक्ष शेर बहादुर कुवरको अध्यक्षतामा बसेको १९ औँ बैठकले आँकाक्षी ३५ जना उम्मेद्धारको नामावलि सिफारिस गरेर पठाएको हो । अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यका लागी प्रत्यक्ष तर्फ एमाले केन्द्रिय कमिटी उपाध्यक्ष तथा पुर्व उप प्रधानमन्धी भिम रावलको नाम सर्वसम्मत सिफारिस भएको छ भने प्रतिनिधी सभा सदस्यका लागि प्रत्यक्ष तर्फ क्षेत्र नम्बर २ बाट तारा कडायत, यज्ञ बोगटी र शिव प्रसाद उपाध्यायको नाम सिफारिस गरिएको छ । 

यस्तै प्रदेश सभा क्षेत्र निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फ गोबिन्द कुवरको नाम सर्वसम्मत सिफारिस भएको छ भने २ बाट केशर साउद, जगत रावल र लक्ष्मी भट्राई, ३ बाट कट्क साउद, गौमति शाही र भिम बहादुर बिष्ट र प्रदेश ४ बाट बल बहादुर सोडारी, धर्म बहादुर शाही र निर्मला साउदको नाम सिफारिस भएको छ । 

समानुपातीक उम्मेद्धारका लागी प्रतिनिधी सभा क्षेत्र नम्बर १ बाट कृष्ण बहादुर शाह, जँग विक र मिना साउद, प्रतिनिधी सभा क्षेत्र नम्बर २ बाट चन्द्र बोहरा, दुर्गा विक र भरत साउद रहेका छन । 

समानुपातीक उम्मेद्धारका लागी प्रदेश सभा क्षेत्र नम्बर १ बाट अमृता खड्का, प्रकाश शाह र राम बहादुर आउजी, २ बाट कृष्ण प्रसाद जैसि, निर्मला रावल र मान बहादुर गिरि, ३ बाट बम बहादुर बिसि, टेक बहादुर शाही र शारदा बिष्ट, ४ बाट देवकला चलाउने, भिम जनाला र रतन प्रसाद ढुगाना तथा पिछडिएको र अल्पसख्यक तर्फ गणेश सुनार, पशुपती कुवर र केशर मियाको नाम सिफारिस भएको जिल्ला सचिवालय सदस्य तथा प्रचारप्रसार बिभाग प्रमुख भिम जनालाले जानकारी दिनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!